४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रक बम विस्फोटमा ७६ को मृत्य

सोमालीया  (एजेन्सी)– सोमालीयाको राजधानीमा एउटा ट्रक बम विस्फोट हुँदा कम्तिमा ७६ जनाको ज्यान गएको छ भने ५० जनाभन्दा बढी घाइते भएका छन्। कडा सुरक्षा जाँचका बाबजुद सोमालियाको राजधानी मोगादेसु सहरमा ट्रक बम विस्फोट हुँदा विद्यार्थीसमेतको मृत्यु भएको हो।

सन् २०१७ मा सयौंको ज्यान जाने गरी भएको ट्रक बम विस्फोटलाई सम्झाउनेगरी घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सरकारका प्रवक्ताले ७३ जनाको शव फेला परिसकेको बताएका छन्। बम विस्फोटमा परी मृत्यु हुनेमा विश्वविद्यालयबाट पढेर घर फर्किरहेका विद्यार्थीहरू परेको बताएका छन्। ‘टर्कीका दुईजना दाजुभाइसमेतको मृत्यु भएको’ अधिकारीहरूले जनाएका छन्। बिहानको निकै व्यस्त समय पारेर कर संकलन केन्द्रलाई लक्षित गरी बम विस्फोट भएको बताइएको छ।

मैले धेरै शवहरू भुइँमा लडिरहेको देखें, मृत्यु भएकामध्ये केही प्रहरी अधिकृत र अधिकांश विद्यार्थी छन्।
– मोहमेद हाकिम, प्रत्यक्षदर्शी

केही सवारी साधन र भुइँमासमेत शवहरूलाई राखिएको तस्विरहरूमा देखाइएको छ। अस्पतालमा मृतकका आफन्त, साथीभाइले शव बुझ्ने क्रम शुरु भैसकेको छ। ‘मैले धेरै शव भूइँमा लडिरहेको देखें’ एक प्रत्यक्षदर्शी मोहमेद हाकिमले भनेका छन्, ‘मृत्यु भएकामध्ये केही प्रहरी अधिकृत र अधिकांश विद्यार्थी रहेका छन्।’

बम विस्फोटको जिम्मा तत्काल कसैले नलिएको सञ्चारमाध्यमले जनाएका छन्। घटनाको जिम्मेवारी कसैले नलिए पनि अल कायदा सम्बद्ध अल शाबाबले यस्ता खालका आक्रमण गर्ने गरेको छ। केही अतिवादी समुहले उच्च तहका व्यक्ति लक्षित गरेर बम विस्फोट गराउने गरेको छन्।

सन् २०१७ को अक्टोबरमा ट्रक बम विस्फोटबाट मोगादेसु शहरमा कम्तिमा ५ सय मानिस मारिएको स्थानीयको दाबी छ। शनिवार भएको विस्फोट पनि त्यसैसँग मिल्दोजुल्दो भएको प्रत्यक्षदर्शीले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आगमनपछि सोमालियाको दक्षिणी र मध्य क्षेत्रका केही भागमा हवाइ हमला बढेको थियो। हवाइ हमलाबाट केही भाग नियन्त्रणमा लिइएको थियो। यो एउटा कर प्रणालीसँग सम्बन्धित भएको बताइएको छ। कर संकलनलाई ‘जबर्जस्ती चन्दा’ भनिएको तर, वर्षमा लाखौं डलर संकलन हुने गरेको बताइएको छ।

प्रकाशित: १३ पुस २०७६ ०३:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App