coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

के भएको थियो जामिया मिल्लिया इस्लामिया विश्विद्यालयमा ?

नयाँ दिल्ली- आइतबार साँझ जामिया मिल्लिया इस्लामिया विश्विद्यालयसँगै रहेको जुलेना र मथुरा रोडमा नागरिकता संशोधन कानुनको विरोधमा उत्रिएका प्रदर्शनकारीले केही बसमा आगो लगाइदिए।

आगो निभाउन पुगेको दमकल र प्रहरीका गाडीमा समेत प्रदर्शनकारीले तोडफोड गरे। समाचार एजेन्सी एएनआईका अनुसार जामिया मिलया इस्लामियाका विद्यार्थी सहित स्थानीयले सराय जुलेनामा प्रदर्शन गरेका थिए।

समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै विश्विद्यालयका अधिकारीले उक्त क्षेत्रमा स्थानीयले प्रदर्शन गरिरहेको समयमा हिंसा भएको बताएका छन्। विश्वविद्यालयका विद्यार्थीको प्रदर्शनको क्रममा कुनै त्यस्तो घटना नभएको उनिहरुको दावी छ।

घटना पछि दिल्ली प्रहरीले विश्विद्यालयमा घेरावन्दी गरेको थियो। उनीहरुले विद्यार्थी माथि अभद्र व्यवहार गरेका थिए। अनुमती विना नै प्रहरी विश्विद्यालय हाता भित्र छिरेर कर्मचारी र विद्यार्थी माथी कुटपिट गर्दै उनीहरुलाई कलेज छोड्न बाध्य बनाएको थियो। प्रहरीले पुस्तकालयमा पढिरहेका निर्दोष विद्यार्थी माथी समेत लाठी वर्षाएको थियो।

दक्षिण- पूर्व दिल्लीका डीएसपी चिन्मय विस्वालले प्रदर्शनमा आएको भिड आक्रामक भएको बताएका छन्। स्थितिलाई सामान्य बनाउन भिडको तितरवितर बनाएको र भिडिले प्रहरी माथि ढुंगा प्रहार गरेको बताएका छन्। उनले भनेका छन्, 'विश्वविद्यालयका विद्यार्थीसँग कुनै रिसइवी छैन। तर प्रहरीमाथि कलेज भित्रबाट ढुंगामुढा भयो।'

घटनामा कम्तिमा १० जना विद्यार्थी घाइते भएका छन्। उनीहरुको फेमेली अस्पतालमा उपचार भैरहेको छ। प्रहरीले ५० भन्दा बढी विद्यार्थीलाई हिरासतमा लिएको छ।

विश्वविद्यालमा प्रहरी हस्तक्षेप भएपछि विद्यार्थीहरुले मध्यरातमा प्रहरी मुख्यालयमा विरोध प्रदर्शन गरेका छन्। उनीहरुको समर्थनमा जेएनयू, दिल्ली विश्वविद्यालय विद्यार्थी, कांग्रेस नेता सलमान खुर्शीद, सीपीआई नेता डी. राजा तथा सीपीएम नेता वृन्दा करात पुगेका थिए। विद्यार्थीको समर्थनमा मध्यरात सम्म आमा मानिस प्रहरी मुख्यालयमा पुगेका थिए।

विद्यार्थीहरुले प्रहरी हस्तक्षेपको छानविनको माग गरेका छन्। पीटीआईका अनुसार प्रहरीले ५० विद्यार्थीलाई हिरासतमा लिएको थियो। प्रदर्शनपछि उनीहरुलाई रिहा गरिएको छ। दिल्लीका उप-मुख्यमन्त्री मनीष सिसौदियाले ट्वीट गर्दै बसमा आगजनी हुनुको कारण बीजेपी भएको आरोप लगाएका छन्।

 

 

प्रकाशित: ३० मंसिर २०७६ ०४:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App