७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

भारतको नागरिकता विधेयक राज्यसभाबाट पनि पारित, गुवाहाटीमा कर्फ्यू

काठमाडौं - भारतमा नागरिकता विधेयकको विरोधमा पूर्वी राज्यमा विरोध जारी छ। भारतको राज्यसभाबाट पनि नागरिकता संशोधन विधेयक पास भएपछि आन्दोलन थप चकिएको हो।  विधेयकको पक्षमा १२६ र विपक्षमा १०५ मत परेको थियो।

प्रदर्शन उग्र बन्दै गएपछि गुवाहाटीमा अनिश्चिकालिन कर्फ्यू लगाइएको छ। मानिसहरु कर्फ्यूको पनि उल्लंघन गर्दै विरोधमा उत्रेका छन्। उक्त क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमा ट्वीट गर्दै विधेयक पारित भएपछि कुनै चिन्ता नलिन आग्रह गरेका छन्। उनले ट्वीटमा भनेका छन्, ‘तपाइको विशिष्ठ पहिचान, अधिकार र संस्कृतिलाइ कसैले खोस्न सक्दैन। यो विषय झन् विकसित हुँदै जाने कुरा हो। उनले अगाडि भनेका छन्, केन्द्र सरकार संवैधानिक सुरक्षा, भाषा, संस्कृति तथा असमको क्षेत्रीय संस्कृतिप्रति   प्रतिबद्ध छ।’

कोलकत्ता विमानस्थलमा सबै उडान र अवतरण रद्द गरिएको छ। आसाममा २४ घण्टाका लागि इन्टरनेट सेवा समेत बन्द गरिएको छ।

नागरिकता विधेयकमा भारतसँग सीमा जोडिएका अफगानिस्तान, बंगलादेश र पाकिस्तानबाट धार्मिकरुपमा प्रताडित भएर भारतमा शरण लिँदै आएका हिन्दु, बौद्ध, शिख, जैन, फारसी र क्रिश्चियनलाई भारतको नागरिकता दिने उल्लेख छ। यसमा मुस्लिम उल्लेख छैन। विपक्षी दलहरुले मुस्लिम समुदायलाई सरकारले भेदभाव गरेको भनेर विरोध गर्दै आएका छन्।

प्रकाशित: २६ मंसिर २०७६ ०५:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App