१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

दश आइएस लडाकूद्वारा आत्मसमर्पण

एजेन्सी – अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा सुरक्षा कारबाही जारी रहेको अवस्थामा इस्लामिक स्टेट्स (आइएस) समूहका दश सदस्यले आत्मसमर्पण गरेका अफगान विशेषबलका कमाण्डरले बताउनु भएको छ ।

नान्गार्हार प्रान्तको आचिन जिल्लामा आतङ्कवादविरुद्ध सुरक्षाबलले जारी राखेको कारबाहीको क्रममा १० आइएस लडाकू समूहले आफू हतियारसहित अफगान विशेष सेनालाई आत्मसमर्पण गरेका छन् । 

अफगानसेनाद्वारा जारी विज्ञप्ति बाँकी आईएस सदस्यहरूले पनि आत्मसमर्पण गर्ने वाहेक अन्य विकल्प नभएको बताइएको छ  ।

महिला र बालबालिकाहरूलगायत ६ सय भन्दा बढी आईएसका लडाकूहरू र उनीहरूका परिवारले गत हप्ताहरूमा सुरक्षाबलसमक्ष आत्मसमर्पण गरेका छन् ।

प्रकाशित: ७ मंसिर २०७६ १२:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App