लिसबन (एजेन्सी) – विश्वका एक सय ६३ देशका करिब ७० हजार प्रतिनिधि सहभागी हुने वेब सम्मेलन–२०१९ पोर्चुगलको राजधानी लिसबनमा मंगलबारदेखि सुरु भएको छ।
सम्मेलनलाई उद्घाटन गर्दै पोर्चुगलका अर्थतन्त्रव्यवस्था तथा डिजिटल ट्रान्जिसनमन्त्री पेद्रो सिजा भियराले भने, ‘यदि आजका दिनबाट १० वर्ष पहिलेलाई नियाल्ने हो भने आगामी दिनमा परिवर्तनको गति योभन्दा अझै तीव्र हुने हामी विश्वस्त हुनुपर्ने एकमात्र आधार हुनेछ।’
आगामी वर्ष पाँचौं पुस्ताको (फाइभ–जी) प्रविधिले विश्व मानव जगतमा मुलभूत परिवर्तन ल्याउने कार्यक्रममा प्रमुख वक्ताका रूपमा बोल्दै चीनको प्रसिद्ध प्रविधि कम्पनी हुवावेका अध्यक्ष कुओ पिङले बताए। ‘हुवावेले ‘स्मार्ट डिभाइस इकोसिस्टम’ (वन प्लस ऐट प्लस एन) ल्याउने र यो योजनाले एआइमा आधारित ट्रयाकिङ प्रविधि (ट्रयाक एआई) ले बालबालिकामा देखिने अन्धोपनका प्रारम्भिक संकेतलाई पहिचान गर्ने लक्ष्य रहेको छ,’ कुओले भने।
हुवावेको रणनीति मोबाइल यन्त्रलाई क्लाउड (हुवावे मोबाइल प्रणाली) र एआई मोडेल आर्ट्स प्रणाली गरी दुई वर्गमा विभाजित गरी सेवा प्रदान गरिने उनले बताए। चार दिन लामो सम्मेलनमा करिब एक हजार दुई सय वक्ताले समूहगत आधारमा आफ्ना धारणा राख्नेछन्। आयरल्यान्डबाट सन् २००९ मा सुरु गरिएको वेब सम्मेलन विश्वकै सबैभन्दा ठूलो प्रविधि, आविस्कार र उद्यमी कार्यक्रम रहेको मानिन्छ।
प्रकाशित: २० कार्तिक २०७६ ०४:१५ बुधबार





