coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कुर्दिस लडाकुविरुद्ध रुस र टर्कीकाे ‘ऐतिहासिक सम्झौता’

मस्को– उत्तरी सिरियामा कुर्दिस लडाकुविरुद्ध सैन्य कारवाही गर्न रुस र टर्कीबीच सम्झौता भएको छ। अहिले उत्तरी सिरियामा टर्कीले युद्धविराम गरेको छ। यहीँ बेला टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगान रुस भ्रमणमा छन्। उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सोचीमा म्याराथन बैठक गर्दै सैन्य कारवाहीको सम्झौता गरेका हुन्। जसलाई दुबै देशले ऐतिहासिक सम्झौता भनेका छन्। 

टर्की सिरिया सीमामा रुस र टर्की दुबै देशका सैनिक तैनाथ छन्। अमेरिकाले यो क्षेत्रबाट आफ्नो सैनिक फिर्ता बोलाइसकेको छ। टर्कीले सिरियामा कुर्द लडाकुविरुद्ध आक्रमक अभियान चलाएको छ। उसले कुर्दको एक भागलाई ‘आतंकवादी समूह’ भन्दै आएको छ। 

अब टर्की र सिरिया मिलेर टर्की सिरियाको सीमामा संयुक्त पेट्रलिङ्ग गर्नेछन्। यता रुस र टर्कीबीच सम्झौता भएसँगै कुर्दिस समूहले सीमा क्षेत्रबाट आफ्ना लडाकुलाई हटाएको बीबीसीले जनाएको छ। यद्यपि रुस र टर्कीले लडाकु हटाउन समय थप गरेका छन्। सीमा क्षेत्रबाट ३२ किलोमिटर दुरीमा लडाकु हटाउन भनेका छन्। यसलाई सुरक्षित क्षेत्र भन्दै लडाकु हटाउन १५० घण्टाको समय दिइएको छ। 

प्रकाशित: ६ कार्तिक २०७६ ०५:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App