७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

‘बेबी फ्याक्ट्री’ बाट १९ गर्भवती महिलाको उद्धार

नाइजर – नाइजेरियाको लागोस सहरस्थित एक घरबाट प्रहरीले १९ जना गर्भवती महिलालाई मुक्त गरेको छ। प्रहरीले सो क्षेत्रलाई ‘बेबी फ्याक्ट्री’ अर्थात् शिशु उत्पादन कारखानको रूपमा अथ्र्याएको छ।

मुक्त गराइएका अधिकांश महिलालाई गर्भवती बनाउन र उनीहरुबाट जन्मिएका शिशुलाई बेच्ने उद्देश्यले त्यहाँ ल्याइएको दाबी प्रहरीले जारी गरेको विज्ञप्तिमा गरिएको छ। सो ठाउँमा नर्सका रूपमा काम गर्ने गरेका तालिमविहीन दुई महिलालाई प्रहरीले पक्राउ गरे पनि मुख्य संदिग्ध भने फरार रहेको बताइएको छ।

प्रहरीका अनुसार ती महिलाबाट जन्मिएका पुरुष शिशुलाई एक हजार चार सय डलर र महिला शिशुलाई आठ सय ३० डलरमा बेच्ने गरिएको थियो। ती बालबालिका बेचबिखनका लागि प्रयोग गर्नका लागि बेचिएका भए पनि सम्भावित ग्राहक को हुन् भन्नेबारे भने प्रष्ट नभएको प्रहरीलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ।

तथाकथित ‘बेबी फ्याक्ट्रीहरु’ नाइजेरियामा असामान्य भने हैनन्। नाइजेरियामा यस्तै खालका क्षेत्रमा यस अघि पनि कैयौं पटक प्रहरीले छापा मारिसकेको छ। पछिल्लो पटक एक वर्ष अघि प्रहरीले गरेको एउटा कारबाहीमा १६० बालबालिकालाई त्यस्ता क्षेत्रबाट मुक्त गराइएको थियो। तर यसपटक भने चार बालबालिकालाई उद्धार गरिएको छ।

महिलालाई के भयो ?
प्रहरीले उद्धार गरेका महिला १८ देखि २८ वर्ष उमेर समूहका रहेका छन्। ती महिलाहरुलाई देशका विभिन्न भागबाट रोजगारीको प्रलोभनमा पारी नाइजेरियाको ठूलो सहर लागोसमा ल्याइएको प्रहरी स्रोतले बताएको छ। रोजगारीको प्रलोभनमा आएका ती महिलालाई लागोस पुगिसकेपछि भने अपहरण गरेर ती क्षेत्रमा राखिएको र पछि बलात्कार गरिएको प्रहरीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

‘एकजना महिला मलाई बस पार्कमा लिन आइन् र यहाँ ल्याइन्,’ प्रहरीले उद्धार गरेकोमध्येकी एक महिलाले भ्यानगार्ड नामक पत्रिकासँग बताइन्। ‘अर्को दिन मलाई ती महिलाले धम्की दिँदै अर्को वर्षसम्म सो प्रागंण छोडेर जान नमल्निे बताइन्,’ ती महिलाले भनिन्, ‘त्यसपछि आफू गर्भवती रहेको जानकारी पाउनुपूर्व मैले सातजना पुरुषसँग सम्बन्ध राखें। मलाई बच्चा पाइसकेपछि राम्रो पैसा दिइने छ भनियो।’ उद्धार गरिएका महिला र बालबालिकालाई पुनस्र्थापना गरिएको र उनीहरुलाई सुधार गृहमा राखिएको प्रहरीले बताएको छ।

प्रकाशित: १४ आश्विन २०७६ ०३:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App