coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चिनियाँ विदेशमन्त्रीद्वारा आधारहीन आलोचना अस्वीकार

संयुक्त राष्ट्रसंघ- चिनियाँ विदेशमन्त्री वाङ यीले सिनजियाङ र हाल हङकङका विषयलाई लिएर गरिएको आलोचना चीनमाथिका आधारहीन आलोचना भन्दै त्यसलाई अस्वीकार गरेका छन्। उनले स्वशासित क्षेत्र हङकङ र चीनकै सिनजियाङ प्रान्तका विषयलाई लिएर विना आधार चीनको आलोचना गर्ने गरिएको पनि बताएका छन्। 

संयुक्त राष्ट्रसंघको ७४ औँ महासभामा सहभागी हुने क्रममा हाल अमेरिकामा रहेका विदेशमन्त्री वाङलाई रोयटर्स् समाचार समितिले गरेको प्रश्नको जवाफमा सो धारणा राखेका हुन्।   

उनले भने- चीन यस्ता आधारहीन आलोचना स्वीकार गर्दैन। रोयटर्स्लाई दिएको अन्तर्वार्तामा गएको तीन वर्षयता सिनजियाङमा कुनै हिंसात्मक हमला नभएको पनि दाबी गरे। त्यहाँ आतङ्कवादका विरुद्धमा आवश्यक सुरक्षा व्यवस्था अपनाइएकोले यस्तो कुनै हिंसात्मक गतिविधि हुन पाएको छैन- उनले भने।    

उइगुर मात्र नभएर सो क्षेत्रमा रहेका विविध जातीय समूह र व्यक्तिहरुले पनि शान्तिपूर्ण रुपमा प्रतिफल लिइरहेका भन्दै विना आधार कसैलाई पनि आरोप नलगाउन सबैलाई आग्रह गरे। रासस

प्रकाशित: १० आश्विन २०७६ १०:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App