१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पको भनाइ आधारहीन : चीन

बेइजिङ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा ‘फेन्टानिल’ नामक औषधिका कारण अमेरिकी नागरिकको ‘मृत्यु भएको’ भन्ने अभिव्यक्ति ‘आधारहीन’ भन्दै चीनले खण्डन गरेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले ‘फेन्टानिल’को बिक्री र अवैध कारोबारलाई नियन्त्रण गर्नेे प्रतिबद्धतालाई बेइजिङले पालना नगरेको बताएपछि त्यसको प्रतिक्रियामा चीनको यस्तो भनाइ आएको हो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले ‘फेन्टानिल’को बिक्री र अवैध कारोबारलाई नियन्त्रण गर्नेे प्रतिबद्धतालाई बेइजिङले पालना नगरेको बताएपछि चीनले अस्वीकार गरेको छ ।

चिनियाँ ‘नेसनल नारकोटिक कन्ट्रोल कमिसन’ का एक उच्च अधिकारीले भने, ‘चीनमा गत मे १ देखि फेन्टानिल उत्पादन तथा बिक्री भएका विवरण प्राप्त भएका छैनन् ।’
‘चीनले फेन्टानिल तथा त्यस किसिमका औषधिको वर्गीकरण गरी आवश्यक कारबाहीलाई गत मेदेखि नै अघि बढाएको छ ।

यस अवस्थामा अमेरिकी राष्ट्रपतिको दाबी आधारहीन छ,’ आयोगका उप निर्देशक लिउ युचिनले मंगलबार गरेको पत्रकार सम्मेलनमा भने, ‘चीन र अमेरिकाका औषधि उत्पादन तथा विक्री नियमनकारी संस्थाहरुले विगत केही बर्षदेखि नशालु औषधिको उत्पादन र बिक्री नियन्त्रणमा सहकार्य गर्दै आएका छन् । तर उनीहरूले मेपछि फेन्टानिल र यस किसिमका औषधिबारे कुनै अनुसन्धानमा संलग्न हुनुपरेको छैन ।’

चिनियाँ पक्षले सन् २०१२ पछि अमेरिकी औषधि उत्पादन तथा नियमनकारी संस्थाबाट पार्सलमार्फत पठाइएका ३ सय ८३ चक्की फेन्टानिलका बारेमा आफूलाई जानकारी भएको बताएकोे छ भने अमेरिकी पक्षले यस समयमा मात्रै छ वटा संकेतबारे जानकारी भएको उल्लेख गरेको छ ।

‘गैरकानुनी मानिएका नशालु औषधि उत्पादन र बिक्री नियन्त्रणमा चीनले दृढ तथा कडा नीति लिएको छ,’ लिउले भने, ‘चीनले यस सम्बन्धमा पनि अमेरिकालगायत अन्य मुलुकसँगको सहकार्यलाई सशक्त बनाउन तयार छ । कुनै आधारहरू भेटिएमा संयुक्त रूपमा अनुसन्धान गर्न चीन तयार छ । ’
००००
 

प्रकाशित: १८ भाद्र २०७६ ०७:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App