८ माघ २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विमान चालक आकाशमै बेहोस भएपछि...

सांकेतिक तस्बिर

अस्ट्रेलिया- प्रशिक्षक आकाशमै अचेत भएपछि एक प्रशिक्षार्थी विमानचालकले अस्ट्रेलियामा एउटा सानो विमानलाई सफलतापूर्वक अवतरण गरेका छन्। उनलाई विमान उडाउन सिकाउँदै गर्दा उनका प्रशिक्षक बेहोस भएपछि म्याक्स सिल्भेस्टरले हवाई ट्राफिक नियन्त्रकसँग आपत्कालीन सञ्चार गरेका थिए।

पर्थस्थित विमानस्थलका हवाई ट्राफिक नियन्त्रकहरूले उनलाई विमान अवतरण गर्न सहयोग गरेका थिए। यो घटनापछि धेरैले सिल्भेस्टरको प्रशंसा गरेका छन्।

सार्वजनिक गरिएको आपत्कालीन सञ्चारसंवादमा उनले पहिले आफ्नो प्रशिक्षक कस्तो अवस्थामा छन् त्यो भनेको सुनिन्छ। "उनी मेरो काँधमा अडेस लागेका छन्। म उनलाई उठाउन प्रयास गरिरहेको छु, तर उनी ढलिरहन्छन्," उनी नियन्त्रकलाई भन्छन्।

उनलाई सेस्ना विमान चलाउन आउँछ कि आउँदैन भन्ने प्रश्नमा प्रश्नमा उनी भन्छन्: "यो मेरो पहिलो कक्षा हो।" घटनाअघि दुई पटक उडानको कक्षा लिएपनि सेस्ना विमाना उनी पहिलो पटक बसेका थिए र कहिल्यै विमान अवतरण गरेका थिएनन्।

नियन्त्रकको सहायतामा विमानस्थल वरपर एक घण्टा अवतरण गर्ने अभ्यास गरेपछि उनले सफलतापूर्वक विमान ओरालेका थिए। विमान अवतरण गर्दा उनलाई आफ्नो परिवारका सदस्यहरू र आपत्कालीन उद्धारकर्मीहरूले कुरिरहेका थिए। उनको प्रशिक्षकलाई अस्पताल लगिएको छ। 

"विमानलाई कुनै क्षति पुगेको छैन। यो एउटा राम्रो अवतरण थियो," उडान स्कूलका मालिक चक म्याकइल्वीले भने। उनले ती प्रशिक्षार्थी विमानचालक र विमानस्थलको हवाई ट्राफिक नियन्त्रणको प्रशंसा गरेका छन्। बीबीसी

प्रकाशित: १६ भाद्र २०७६ ०९:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App