४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हाइटीमा नयाँ प्रधानमन्त्री नियुक्त

हाइटी- हाइटीका राष्ट्रपति जोभेनेल मोसेले सोमबार नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन्। उनले फ्रिज विलियम मिसेललाई यहाँको नयाँ प्रधानमन्त्रीका रुपमा सोमबार नियुक्त गरेका हुन्।

यसअघिका प्रधानमन्त्री जिन माइकल लापिनले राजीनामा दिएपछि सोमबार विलियम मिसेललाई नयाँ प्रधानमन्त्रीका रुपमा नियुक्त गरिएकाे हाे । 

लापिनले राजिनामा दिएपछि मैले यहाँका राष्ट्रिय राजनीतिक दलका नेताहरुका साथै सिनेट र चेम्बर अफ डेपुटिजसँग परामर्श गरेँ र उनलाई हाइटीको नयाँ प्रधानमन्त्रीका रुपमा नियुक्त गरेँ– राष्ट्रपति मोसेले ट्वीटमा लेखेका छन्।

उनको मनोनयनलाई सांसदहरुले अनुमोदन गर्नुपर्नेछ। राष्ट्रपति मोसेले सो ट्वीटमा भनेका छन्– मलाई लाग्छ मैले हाइटीका लागि यो राम्रो निर्णय गरेको छु।

निवर्तमान प्रधानमन्त्री लापिनको कार्यकाल अत्यन्तै छोटो रहेको बताइएको छ। उनी गत मार्च महिनामा मात्र नियुक्त भएका थिए।

सोमबार नियुक्त हुनुभएका प्रधानमन्त्री विलियम मिसेल यसअघि हाइटीको अर्थमन्त्रीका रुपमा काम गरेका थिए। उनी हाइटीका राष्ट्रपति मोसेका विश्वासका व्यक्ति पनि हुन्।

उनलाई अब हाइटीको सरकारलाई जनताको विश्वास आर्जन गर्नुपर्ने जिम्मेवारी आएको छ। यस कार्यलाई हाइटीका अधिकारीहरुले निकै गाह्रो भनेका छन्। 

हाइटी अमेरिकी राष्ट्रहरुमै सबैभन्दा गरिब देशका हो। संयुक्त राष्ट्रसंघमा हालैमात्र गरिएको एक बैठकमा हाइटीमा करिब ५९ प्रतिशत नागरिक गरिबीको रेखामुनि छन् भनिएको छ। सिन्ह्वा

प्रकाशित: ७ श्रावण २०७६ ०९:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App