१० चैत्र २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा २४ जना विद्रोही मारिए

कान्दहार– अफगानी सुरक्षा फौजको कारबाहीमा उरुग्जान प्रान्तमा कम्तीमा २४ जना तालिबान लडाकू मारिएको सेनाले जनाएको छ। सेनाले प्रहार गरेको क्षेप्यास्त्रबाट अरु १७ जना लडाकू घाइते भएका छन्।

सेनाका प्रवक्ता सेलाबले एक विज्ञप्ति प्रकाशन गरी गोप्य सूचनाका आधारमा सेनाले कारबाही  गरेको बताए। तर, वक्तव्यमा उक्त क्षेप्यास्त्र अफगान सेनाले गरेको हो वा नेटो आबद्ध सेनाले गरेको हो भन्ने केही खुलाइएको छैन। आक्रमणबाट हातहतियार र विस्फोटक पदार्थ पनि नष्ट भएको छ।

मुलुकका ३४ मध्ये २० वटा प्रान्तमा गत अप्रिलदेखि भीषण आक्रमण–प्रत्याक्रमण जारी छ। अफगान युद्धको शान्तिपूर्ण समाधान खोज्न कतारमा संयुक्तराज्य अमेरिका र तालिबान समूहबीच वार्ता जारी रहे पनि अफगानिस्तानभित्र युद्ध भने निरन्तर चलिरहेको छ। रासस

प्रकाशित: ४ श्रावण २०७६ ०६:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App