४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जिम्बाब्बेमा आँधीका कारण २४ को मृत्यु, दर्जनौं बेपत्ता

एएफपी/रासस : जिम्बाबेको पूर्वी क्षेत्रमा आएको आँधीका कारण कम्तीमा २४ जनाको मृत्यु भएको यहाँका अधिकारीले शनिबार जनाएका छन्।

शुक्रबार मोजाम्बिक नजिकै सीमा क्षेत्रमा आएको आँधीले १०० जनाभन्दा बढी व्यक्ति हराएका स्थानीय एक सांसदले बताएआँधीका कारण हजारौँ मानिस प्रभावित भएका छन्। आँधी प्रभावित क्षेत्रमा विद्युत् काटिएको छ भने पुलहरू बाढीले बगाएको छ। 

पूर्वी चिनामानि जिल्लाका सांसद जोसुवा साक्कोले एएफपीसँग भने, ‘अहिलेसम्मको जानकारीअनुसार २४ जनाको मृत्यु भएको र १ सय भन्दा बढी सम्पर्कमा आउनसकेका छैनन्।’ 

आँधी र आँधीपछि आएको बाढीका कारण २५ घरहरूको निशाना पनि भेट्न नसकिने गरी बगाएको बताइएको छ।  बाढी, पहिरो र आँधीका कारण सयौँ घरमा क्षति पुगेको बताइएको छ। 

गत हप्ता भएको अत्यधिक वर्षाका कारण मोजाम्बिकमा ६६ जनाको मृत्यु भएको र करिब १७ हजार मानिस विस्थापित भएका थिए। 

प्रकाशित: २ चैत्र २०७५ १३:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App