२० पुस २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जापानमा शक्तिशाली अाँधी ५६ बढी घाइते, रेल र हवाइसेवा प्रभावित

काठमाडाैं - जापानमा आइतबार आएको शक्तिशाली आँधी र पानीका कारण ५६ बढी घाइते भएका छन्। अाँधीसँगै अाएकाे लगातारकाे पानीले बाढी पहिराे समेत जान सक्ने माैसम अधिकारीहरुले बताएका छन्। अाँधीका कारण टाेकीयाेमा रेल र हवाइसेवा समेत प्रभावित हुँदा हजाराैं यात्रुहरु अलपत्र परेका छन्।

स्थानीय समय अनुसार बेलुका छ बजेतिर ओसाका क्षेत्रमा आँधी आएको थियो। शाक्तिशाली सो आँधी ओकीनावामा पनि आएको अधिकारीहरुको भनाइ छ। आँधीका कारण थुप्रै घर तथा भौतिक संरचनाहरुमा समेत क्षति पुगेको छ तर अहिलेसम्म कसैको मृत्युको खबर भने नआएको अधिकारीहरुले बताएका छन्। 

जापानमा झण्डै तीन लाख घरमा विद्युत सेवा समेत अवरुद्ध भएको छ। आँधी आएका बेला घर बाहिर ननिस्कन अधिकारीहरुले सचेत गराएका छन् । मौसम विज्ञान अधिकारीहरुले यो आँधी अघिल्लो महिना आएको आँधी भन्दा ठूलो हुनसक्ने र २५ बर्ष यताकै शक्तिशाली हुने सम्भावना रहेको बताएका छन्। लगातार प्राकृतिक विपत्तिको सामना गरिरहेको जापानमा अहिले यो सिजनको २४औं आँधी हो। त्यसैगरी गत सेप्टेम्बरमा दक्षिणी टापु होक्काइडोमा आएको ६.६ म्याग्नीच्युडको भूकम्पका कारण ४० भन्दा बढीको मृत्यु भएको थियो।

प्रकाशित: १४ आश्विन २०७५ १०:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App