१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मलेसियाका पूर्वप्रधानमन्त्री रजाक पक्राउ

क्वालालम्पुर - मलेसियाका शीर्ष नेता तथा पूर्वप्रधानमन्त्री नाजिब रजाक बुधवार पक्राउ परेका छन्। राज्य लगानी कोषको रकम अनियमितता गरेको आरोपमा उनलाई पक्राउ गरिएको सरकारी अधिकारीहरुले बताएका छन्। नाजिब र उहाँका सहकर्मीहरुले राज्य कोषको दुरुपयोग गरेको भन्दै केही महिनादेखि अनुसन्धान भइरहेको थियो। गत मे महिनामा भएको निर्वाचनमा पनि नाजिबले राज्यको शक्ति र श्रोतको दुरुपयोग गरेको आरोप लगाउदै महाथिर मोहम्मद नेतृत्वको गठबन्धनले जित हासिल गरेको थियो। उनको गठबन्धनले नै अहिले सरकार बनाएको छ।

विगतमा रजाककै संरक्षक रहनु भएका ९३ वर्षीय महाथिरले नाजिबले मुलुकलाई सही दिशातिर लैजान नसकेको भन्दै आफू फेरि राजनीतिमा फर्किनु परेको चुनावी नारा बनाएका थिए। नयाँ सरकार बनेको केही समयमै पूर्व प्रधानमन्त्री नाजिबलाई अनियमितता सम्बन्धी सात वटा आरोप लगाइएको थियो। तर पक्राउ भने बुधबार गरिएको छ। पक्राउ परेका नाजिबलाई बिहीवार दिउँसो अदालतमा लगिने भएको छ। त्यहाँ उनका विरुद्धमा लगाइएका आरोपहरुका बारेमा मुद्दा चलाउन लैजान लागिएको भ्रष्टाचार विरुद्धको आयोगले जनाएको छ। रासस

प्रकाशित: ३ आश्विन २०७५ १३:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App