coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री फेरि चीन जाँदै

नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी शनिबारै चीन भ्रमणमा जाने भएका छन्। केही हप्ता अगाडि चीनको भ्रमण गरेका मोदी छोटो समयमै फेरि चीनको भ्रमण गरेर राष्ट्रपति सी जिनपिङलाई भेट्ने भएका हुन्।

त्यतिबेला उनीहरुबीचमा भएको भेटवार्ताका क्रममा सीमा सम्वन्धी विवाद समाधानका विषयमा नयाँ तरिकाले अगाडि बढ्ने समझदारी भएको थियो। 

विश्वमै चर्चित दुई देशका नेताहरुको भेटवार्ता चिनियाँ सहर चिङदाओमा हुन लागेको साङघाइ कोअप्रेसन अर्गनाईजेसनको अवसरमा हुने भएको हो। 

उनीहरुले दुई पक्षीय हित र आपसी सम्वन्धका बारेमा छलफल गर्ने भारतीय विदेश मन्त्रालयले बिहीबार जनाएको छ। व्यापार, सुरक्षा, चीनको ‘बेल्ट एण्ड रोड इन्फ्राइस्टकचर प्रोजेक्ट’ लगायतका विषय सो दुई दिने सम्मेलनका मुख्य एजेण्डा रहेका छन्। 

प्रकाशित: २४ जेष्ठ २०७५ १४:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App