१ श्रावण २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

टेक्सासमा बाढीको विनाश : मृतक संख्या ५० पुग्यो, दर्जनौं बेपत्ता

अमेरिकाको टेक्सासमा आएको भीषण बाढीका कारण ज्यान गुमाउनेको संख्या ५० पुगेको छ। यो घटनालाई अधिकारीहरूले ‘सामूहिक हताहत घटना’ भनेका छन्। हिल कन्ट्रीमा अचानक आएको विनाशकारी बाढीपछि ग्वाडालुप नदीको किनारमा उद्धार कार्य भइरहेको छ।  

अधिकारीहरूले बेपत्ता रहेकाहरूको ठ्याक्कै संख्या पुष्टि गर्न नसके पनि केर काउन्टीको क्याम्प मिस्टिक, बालबालिकाको ग्रीष्मकालीन शिविरबाट दुई दर्जन बढी अझै बेपत्ता छन्। ट्राभिस काउन्टीमा विनाशकारी बाढी आएपछि कम्तीमा चार जनाको मृत्यु भएको छ। केर काउन्टीमा ४३ र बर्नेट काउन्टीमा तीन जनाको मृत्यु भएको छ।

अधिकारीहरूले १६० भन्दा बढी हवाई उद्धार गरेका छन्। शनिबारसम्म ८५० जना घाइते नभएका र आठ जना घाइतेलाई उद्धार गरिएको थियो। टेक्सासका गभर्नर ग्रेग एबोटले शनिबारको पत्रकार सम्मेलनमा उद्धार गरिएका सयौं मानिसमध्ये केही रूखमा झुण्डिएको बताएका थिए।

अमेरिकी गृह सुरक्षा विभागकी सचिव क्रिस्टी नोएमले राष्ट्रपति ट्रम्पले एबटको घोषणालाई सम्मान गर्ने संकेत दिएको बताइन्। उनले शनिबार सामाजिक सञ्जालमा लेखे कि अमेरिकी तटरक्षकले २२३ जनाको ज्यान बचाएको वा बचाउन सहयोग गरेको छ।  

केर काउन्टीका न्यायाधीश रोब केलीले आफ्नो सम्पत्ति पनि बाढीले क्षतिग्रस्त भएको उल्लेख गरेका थिए। टेक्सासका लेफ्टिनेन्ट गभर्नर डान प्याट्रिकले शुक्रबार दिनको सुरुमा ‘दुर्घटना नआउन्जेल एक थोपा पनि पानी परेको थिएन’ र ग्वाडालुप नदी ४५ मिनेटमा लगभग २६ फिट माथि उठेको भनेका थिए।

शुक्रबार राति पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले बाढीलाई ‘भयानक’ भनेका थिए। शनिबार उनले आफ्नो प्रशासन राज्य र स्थानीय अधिकारीसँग काम गरिरहेको बताएका थिए। ‘मेलानिया र म यस भयानक त्रासदीबाट प्रभावित सबै परिवारहरूको लागि प्रार्थना गरिरहेका छौं,’ ट्रम्पले लेखे, ‘हाम्रा बहाद्र पहिलो प्रतिक्रियाकर्ताहरू साइटमा आफूले सक्दो राम्रो गरिरहेका छन्। भगवानले परिवारहरूलाई आशीर्वाद दिऊन्, र भगवानले टेक्सासलाई आशीर्वाद दिऊन्!’ एजेन्सी

प्रकाशित: २२ असार २०८२ ०७:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App