१२ माघ २०८२ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरानद्वारा इजरायलसँगको युद्धविराम अस्वीकार

इरानी विदेशमन्त्री अब्बास अराघचीले इजरायलसँग युद्धविरामको समाचारलाई अस्वीकार गरेका छन्। उनले इजरायलसँग अहिलेसम्म कुनै अन्तिम युद्धविराम सम्झौता नभएको बताएका छन्। 'यदि इजरायलले इरानीहरूमाथि आफ्नो अवैध आक्रमण रोक्यो भने इरानले पनि बदला लिने छैन,' उनले भने।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार बिहान ३:३० बजे इरान र इजरायलबीच युद्धविरामको दाबी गरेका थिए। उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेखेका थिए, 'म यो घोषणा गर्न पाउँदा खुसी छु कि इजरायल र इरान बीच १२ घण्टामा, अर्थात् अबको ६ घण्टामा पूर्ण युद्धविराम लागू हुनेछ। इरानले पहिलो १२ घण्टाको लागि आफ्नो हतियार बिसाउनेछ र त्यसपछि इजरायलले अर्को १२ घण्टाको लागि आफ्नो हतियार बिसाउनेछ।'

यसैबीच, न्यूयोर्क टाइम्सका अनुसार इजरायली सेनाका प्रवक्ताले युद्धविराम सम्बन्धी ट्रम्पको भनाइमा टिप्पणी गर्न अस्वीकार गरे।

ट्रम्पको घोषणाको केही घण्टाअघि मात्र इरानले कतारमा रहेको अमेरिकी अल-उदेइद हवाई सैन्य अड्डामा १९ वटा मिसाइल प्रहार गरेको थियो। यद्यपि, यस आक्रमणमा कुनै हताहत भएको थिएन किनभने इरानले आक्रमण अघि नै यसबारे अलर्ट जारी गरेको थियो। एजेन्सी

प्रकाशित: १० असार २०८२ ०७:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App