१५ माघ २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरानमाथि इजरायलको हमला जारी: ४ दिनमा २२४ को मृत्यु

इरान र इजरायलबीचको संघर्ष लगातार चौथो दिन पनि चर्किएको छ।

इजरायलले सोमबार साँझ मध्य इरानमा पुनः हवाई हमला गरेको छ भने तेहरानतर्फ जाँदै गरेका मिसाइल-लन्चर जडित ट्रकहरूलाई पनि ध्वस्त पारेको दाबी गरेको छ। विगत चार दिनदेखि जारी हमलामा २२४ इरानीको मृत्यु भइसकेको छ।

इजरायली रक्षा बल (आईडीएफ) ले सामाजिक सञ्जाल ‘एक्स’  मा एक भिडियो सार्वजनिक गर्दै सोमबार बिहानैदेखि तेहरानतर्फ गइरहेका मिसाइल लन्चर बोकेका कयौं ट्रकलाई निशाना बनाएको जनाएको छ। यसअघि इजरायलले आइतबार राति इरानको विदेश मन्त्रालय र गत शुक्रबार रक्षा मन्त्रालयमाथि पनि हमला गरेको थियो।

पछिल्लो चार दिनको इजरायली हमलामा परेर इरानमा २२४ जनाको मृत्यु भएको छ भने १,२७७ भन्दा बढी घाइते भएका छन्। यद्यपि, अमेरिकामा रहेको एक मानवअधिकारवादी समूहले भने इरानमा मृतकको संख्या ४०६ पुगेको दाबी गरेको छ।

इरानले पनि इजरायलमाथि लगातार जवाफी कारबाही गरिरहेको छ। सोमबार बिहान इरानी सेनाले मध्य इजरायलका विभिन्न स्थानमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो। उक्त हमलामा ८ जना इजरायलीको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन्।

यो पछिल्लो चार दिनमा इरानले इजरायलमाथि गरेको सबैभन्दा ठूलो हमला हो। इरानी हमलाबाट इजरायलमा हालसम्म २४ जनाको मृत्यु भएको छ भने ६०० भन्दा बढी घाइते भएका छन्।

प्रकाशित: २ असार २०८२ १९:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App