१२ माघ २०८२ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इजरायलमा इरानको कारबाही : मृतक संख्या २१ पुग्यो, अमेरिकी दूतावासमा क्षति

इरानले शुक्रबारदेखि इजरायलमाथि गरेको सैन्य कारबाहीले ठूलो मानवीय र भौतिक क्षति पुर्‍याएको छ। 

इरानी क्षेप्यास्त्रले तेल अभिभको आवासीय क्षेत्रमा प्रहार गर्दा तेल अभिभस्थित अमेरिकी दूतावासमा क्षति पुगेको इजरायलका लागि राजदूतले बताएका छन्। सहरमा रहेको दूतावास शाखाबाट केही सय मिटर टाढा रहेको होटल र नजिकैका अन्य घरका झ्यालहरू फुटाएर भएको आक्रमणमा धेरै आवासीय भवनहरू ध्वस्त भएका छन्।

भवनमा सामान्य क्षति पुगेको तर कर्मचारीहरूलाई कुनै चोटपटक नलागेको राजदूत माइक हकाबीले बताए। उनले भने, ‘दूतावास बन्द रहनेछ।’ 

पछिल्लो जानकारीअनुसार इरानको आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु भएको छ। मृतकमा आइतबार रातिको आक्रमणमा ५ जना र ताम्रा सहरमा भएको मिसाइल हमलामा एक इजरायली–अरब परिवारका ४ जना समावेश छन्। 

इजरायलले पछिल्लो आक्रमणमा ८ जनाको मृत्यु भएको र ३५ जना बेपत्ता भएको जनाएको छ। यसैगरी, आक्रमणमा तीन सय बढी घाइते भएका छन्। घाइतेमा सोमबार बिहान तेल अभिभमा भएको क्षेप्यास्त्र आक्रमणमा १२ जना घाइते भएर अस्पताल भर्ना भएका छन्। हाइफा सहरमा पनि थप घाइते भएका छन्, तर यकिन संख्या खुलेको छैन। 

इरानले ‘अपरेशन ट्रू प्रोमिस’ अन्तर्गत चार दिनदेखि दैनिकजसो एक सयभन्दा बढी ब्यालिस्टिक मिसाइल प्रहार गर्दै आएको छ। इरानले तेल अभिभ, हाइफा, लगायतका क्षेत्रमा भौतिक संरचनाहरूमा क्षति पुर्‍याएको छ। तेल अभिभमा खोजी र उद्धार कार्य जारी छ। एजेन्सी

प्रकाशित: २ असार २०८२ १३:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App