२२ पुस २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गुजरात दुर्घटनापछि एयर इन्डियाले गर्‍यो सामाजिक सञ्जालमा ‘ब्ल्याक आउट’

गुजरातमा विमान भयानक दुर्घटनामा परेपछि एयर इन्डियाले आफ्नो सामाजिक सञ्जाल(फेसबुक र एक्स)का पेजमा ‘ब्ल्याक आउट’ गरेको छ। घटनाप्रति दुःख जनाउँदै एयर इन्डियाले फेसबुक र एक्स पेजका प्रोफाइल र कभर तस्बिर हटाएर कालो तस्बिर राखेको हो।  

एयर इन्डियाको एआई १७१ उडान नम्बरको जहाज अहमदावादस्थित सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार दिउँसो १ बजेर ३८ मिनेट(भारतीय समय)मा लन्डनका लागि उडेको थियो। उडेको केही समयमै जहाज दुर्घटनामा परेको छ। विमानमा २४२ जना सवार थिए।  

हालसम्म घटनाको पूर्ण विवरण आइसकेको छैन। भारतीय सञ्चारमाध्यममा आएका अपुष्ट समाचारअनुसार सयौँ यात्रुको हताहती भएको छ।  

प्रकाशित: २९ जेष्ठ २०८२ १६:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App