९ माघ २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पले स्वीकार गरे मस्कको माफी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कको माफी स्वीकार गरेका छन्। ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले बुधबार प्रेसलाई भने, 'राष्ट्रपतिले मस्कको पोस्टको प्रशंसा गरे। हामी अब अमेरिकाका जनतालाई ध्यान दिइरहेका छौं।'

मस्कको सरकारी सम्झौताको समीक्षाको बारेमा सोध्दा प्रेस सचिवले त्यस दिशामा अहिलेसम्म कुनै कदम नचालिएको बताए।

सीएनएनका अनुसार मस्कले जुन ९ को राति ट्रम्पसँग फोनमा कुरा गरेका थिए। यसअघि जुन ६ मा उपराष्ट्रपति जेडी भान्स र ह्वाइट हाउसका चिफ अफ स्टाफ सुसी विल्सले मस्कसँग फोनमा कुरा गरेका थिए।

यस कुराकानीमा भान्सले मस्कसँगको विवाद अन्त्य गर्न पहल गरेका थिए। एजेन्सी

प्रकाशित: २९ जेष्ठ २०८२ १०:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App