चीनमा मे महिनामा सवारीसाधनको बिक्री उल्लेखनीय रूपमा बढेको छ। सरकारले नयाँ सवारी किन्न प्रोत्साहन गर्ने योजना ल्याएपछि बिक्रीमा सुधार भएको हो।
गत मे महिनामा १९ लाख ३० हजारभन्दा बढी सवारी बिक्री भए, जुन गत वर्षको सोही महिनाको तुलनामा १३ प्रतिशतले बढी हो।
सरकारले पुराना सवारी फेरेर नयाँ किन्न चाहनेलाई विशेष छुट दिँदै आएको छ। यो कार्यक्रमलाई यो वर्ष थप विस्तार गरिएको छ, जसले उपभोक्तालाई सहजता प्रदान गरेको छ।
यो योजनामार्फत यो वर्षको पहिलो पाँच महिनामा ४१ लाखभन्दा बढी नयाँ सवारी बिक्री भएका छन्।
बिजुलीबाट चल्ने सवारीको उत्पादन र बिक्रीमा पनि उल्लेखनीय वृद्धि भएको छ। मे महिनामा ११ लाख ७० हजार उत्पादन भए भने १० लाख २० हजारभन्दा बढी बिक्री भए।
यो वर्षको पहिलो पाँच महिनामा ८८ लाख सवारी बिक्री भए, जुन गत वर्षको तुलनामा ९ प्रतिशतले बढी हो। सिन्ह्वा
प्रकाशित: २७ जेष्ठ २०८२ ०९:५९ मंगलबार





