३० पुस २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पविरुद्ध खुलिन् कमला ह्यारीस : अमेरिकामा आतंक र विभाजन निम्त्याउन खोजेको आरोप

पूर्व अमेरिकी उपराष्ट्रपति कमला ह्यारीसले लस एन्जलसमा भएको विरोध प्रदर्शन रोक्न ट्रम्प प्रशासनको कारबाहीको आलोचना गरेकी छन्। उनले भनेकी छिन्, ‘ट्रम्प प्रशासनको काम सार्वजनिक सुरक्षासँग जोडिएको छैन, बरु डर फैलाउने प्रयास हो।’

ह्यारीसले थपिन्, ‘राष्ट्रिय गार्डको परिचालन अराजकता फैलाउने उद्देश्यले गरिएको खतरनाक कदम हो। यो ट्रम्प प्रशासनको आतंक र विभाजन निम्त्याउने क्रूर र जानाजानी रणनीतिको हिस्सा हो।’

‘न्यायको लडाइँमा विरोध प्रदर्शन शक्तिशाली हतियार हो, जुन निकै महत्त्वपूर्ण छ,’ क्यालिफोर्नियाकी पूर्व महान्यायाधिवक्ता ह्यारीसले एक्समा पोस्ट गरेको विज्ञप्तिमा लेखेकी छन्। 

‘आवश्यक अधिकार र स्वतन्त्रताको रक्षाका लागि बोल्ने लाखौँ अमेरिकीको साथमा म छु,’ उनले भनेकी छन्।

सीबीएस न्यूजका अनुसार २०२४ को राष्ट्रपति चुनाव हारेपछि ह्यारीसले २०२६ मा क्यालिफोर्नियाको गभर्नर पदमा चुनाव लड्ने योजना बनाएकी छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार लस एन्जलसका विरोध प्रदर्शन दबाउन दुई हजार राष्ट्रिय गार्ड परिचालन गर्ने आदेश दिएका छन्। यी प्रदर्शनहरू अवैध आप्रवासीविरुद्धको छापा कारबाहीको विरोधमा भइरहेका छन्। एजेन्सी

प्रकाशित: २६ जेष्ठ २०८२ ०९:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App