१९ चैत्र २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

११ महिनामै ढल्यो नेदरल्याण्ड्सको गठबन्धन सरकार

नेदरल्याण्ड्समा दक्षिणपन्थी पार्टी पीभीभीले गठबन्धन सरकारबाट बाहिरिने घोषणा गरेको छ। पार्टी प्रमुख गीर्ट वाइल्डर्सले आफ्ना सबै मन्त्रीले राजीनामा दिने बताएका छन्। जुलाई २०२४ मा बनेको यो सरकार ११ महिनामात्र टिक्यो।

वाइल्डर्सले गठबन्धन साझेदारहरूले शरणार्थी संकटमा कडा नीति लिन नसकेको भन्दै गठबन्धन छोड्ने निर्णय गरेको भनेका छन्। गत हप्ता उनले प्रस्तुत गरेको १०-बुँदे योजनामा शरणार्थी आवागमन रोक्ने, सिरियाली शरणार्थीलाई देश निकाला गर्ने, सीमा सुरक्षामा सेना खटाउने र शरणार्थी केन्द्र बन्द गर्ने उल्लेख थियो। यी प्रस्तावमा सहमति नहुँदा उनले गठबन्धन छोडेका हुन्। 

यो निर्णयले चारदलीय गठबन्धन अब तीन दलमा सीमित भएको छ। अब सरकार अल्पमतमा छ, केही महिनामा मध्यावधि चुनाव हुनेछ। प्रधानमन्त्री डिक स्कूफले राजीनामा दिँदै यो कदमलाई गैरजिम्मेवार भनेका छन्। युरोप युद्ध र आर्थिक संकटको जोखिम रहेको बेला सरकार छोडेको भन्दै भीभीडी नेतृ डिलन येसिलगोजले पनि वाइल्डर्सको कदमको आलोचना गरिन्।

अब नेदरल्याण्ड्समा कामचलाउ सरकारले काम गर्नेछ। नोभेम्बर २०२३ को चुनावमा पीभीभीले सबैभन्दा धेरै सिट जितेको थियो। पीभीभी, भीभीडी, एनएससी र बीबीबीसँग कुल ८८ सिट थियो। तर पीभीभी बाहिरिएपछि गठबन्धनसँग ५१ सिटमात्र बाँकी छ। एजेन्सी

प्रकाशित: २१ जेष्ठ २०८२ ११:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App