१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

थाइल्याण्डकी सुचाता बनिन् मिस वर्ल्ड २०२५

मिस वर्ल्डको ७२औँ संस्करणको नतिजा सार्वजनिक भएको छ। थाइल्याण्डकी ओपल सुचाता चुआंग्सरीले मिस वर्ल्ड २०२५ को ताज जितेकी छन्। उनलाई पूर्व मिस वर्ल्ड क्रिस्टिना पिस्कोभाले ओपललाई ताज पहिर्‍याएर सम्मान गरिन्।

यो प्रतियोगितामा इथियोपियाकी हासेट डेरेजे पहिलो रनरअप र मार्टिनिककी औरेली योहाचिम दोस्रो रनरअप भइन्। सात मेबाट सुरु भएको यो प्रतियोगिता ३१ मेमा नयाँ मिस वर्ल्डको छनोटसँगै सम्पन्न भएको छ। 

ग्रान्ड फिनाले भारत, तेलंगानाको हैदराबादस्थित हाइटेक्स प्रदर्शनी केन्द्रमा भएको थियो। मिस वर्ल्ड विजेता सुचाताले दुई दिनअघि आफ्नो इन्स्टाग्राममा लेखेकी थिइन्, ‘यो केवल थाइल्याण्डको प्रतिनिधित्व गर्ने बारेमा मात्र थिएन। यो ती धेरै महिलाहरूको बारेमा हो जसको आवाज सुनिएको छैन, जसले आफ्नो आवाज प्रयोग गरेर वास्तवमै महत्त्वपूर्ण कुराको लागि उभिन्छन्।’

उनले आफ्नो यात्राबारे लेखिन्, ‘मिस वर्ल्ड केवल एउटा प्रतियोगिता मात्र होइन, यो एउटा मञ्च र प्रतिबद्धता हो। यो केवल दृश्य सुन्दरताको बारेमा होइन तर वास्तविक कार्यको बारेमा हो।’ उनले थपिन्, ‘यो यात्राले मलाई सिकायो कि सुन्दरता हराउँछ, तर उद्देश्य भने कायम रहन्छ।’

मिस वर्ल्ड संगठनले सन् १९५१ मा ‘ब्युटी विथ अ पर्पज’ नारासहित यो प्रतियोगिता सुरु गरेको थियो। फाइनलमा (मार्टिनिककी औरेली योहाचिम, इथियोपियाकी हासेट डेरेजे, पोल्याण्डकी माया क्लाज्डा र थाइल्याण्डकी ओपल सुचाता) बिच कडा प्रतिस्पर्धा भएको थियो। एजेन्सी

प्रकाशित: १८ जेष्ठ २०८२ ०६:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App