१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गाजा युद्ध रोक्ने अमेरिकी प्रस्तावमा इजरायल सहमत, जवाफमा हमासले के भन्यो?

हमासका वरिष्ठ अधिकारी बसम नैमले अमेरिकी विशेष दूत स्टिभ विटकफको गाजा युद्धविराम प्रस्तावमा इजरायलको प्रतिक्रियाले हमासका मागहरू पूरा नगरेको बताएका छन्।

‘इजरायलको प्रतिक्रियाले हाम्रा जनताको माग, जसमा तत्काल युद्धविराम र गाजाको मानवीय सङ्कटको अन्त्य छ, पूरा गर्दैन,’ नैमले भने। उनले हमासले प्रस्तावको गहन समीक्षा गरिरहेको पनि उल्लेख गरेका छन्। 

अमेरिकी शान्ति प्रस्तावमा चरणबद्ध युद्धविराम, बन्धक रिहाइ, इजरायली सेनाको फिर्ती, प्यालेस्टिनी कैदी रिहाइ, र गाजा पुनर्निर्माणको योजना समावेश छ। कतार र इजिप्टको मध्यस्थतामा बनेको यो प्रस्ताव संयुक्त राष्ट्रसङ्घमा छलफल भएको छ।

हमासका एक अधिकारीले बीबीसीलाई यो प्रस्तावले पूर्ण युद्धविराम र इजरायली सेनाको गाजाबाट फिर्तीको माग पूरा नगरेको भन्दै अस्वीकार गर्न सक्ने बताए। ‘यो प्रस्तावले हाम्रो मुख्य माग सम्बोधन गरेको छैन,’ उनले भने।

बिहीबार, ह्वाइट हाउसले इजरायलले प्रस्तावमा सहमति जनाएको र हमासको जवाफको प्रतीक्षा गरिरहेको भनेको थियो। ह्वाइट हाउसले यो प्रस्तावले शान्ति र मानवीय सहायता वितरणमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेको छ। 

सन् २०२३ को अक्टोबरदेखिको गाजा द्वन्द्वमा ५४ हजार बढी प्यालेस्टाइनीको मृत्यु भएको भने लाखौँ विस्थापित भएका छन्। 

प्रकाशित: १६ जेष्ठ २०८२ २१:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App