१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पुटिनबाहेक अरू कुनै पनि रुसी प्रतिनिधिसँग वार्ता गर्दिन : जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबाहेक अन्य कुनै रुसी प्रतिनिधिसँग वार्ता नगर्ने अडान व्यक्त गरेका छन्। रुसमा सबै कुरा पुटिनको निर्णयमा निर्भर हुने भन्दै उनले पुटिन उपस्थित नभए अन्य रुसी प्रतिनिधिसँग वार्ताको अर्थ नहुने अडान लिएका हुन्।

‘रुसमा सबै कुरा पुटिनले नियन्त्रण गर्छन्, त्यसैले म अरू कुनै रुसीसँग भेट्दिन,’ जेलेन्स्कीले भने, ‘म बिहीबार टर्की जाँदैछु र युद्ध समाप्त गर्न पुटिनसँग प्रत्यक्ष वार्ताका लागि तयार छु।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रहपछि पुटिनसँग भेट गर्न टर्की जान लागेको उनले खुलासा गरे। यद्यपि, पुटिनले वार्तामा सहभागी हुने पक्का नगरेकोले जेलेन्स्कीले पुटिनबाहेक अरूसँग छलफल गर्नु बेकार हुने धारणा राखेका छन्। एजेन्सी

प्रकाशित: ३१ वैशाख २०८२ ०६:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App