१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमृतसरमा विषाक्त मदिरा सेवन गर्दा १४ जनाको मृत्यु

पञ्जाबका प्रहरी अधिकारीहरूले अमृतसर जिल्लामा विषाक्त मदिरा सेवन गर्दा १४ जनाको मृत्यु भएको बताएका छन्।

यसबाहेक छ जनालाई अस्पतालमा भर्ना गरिएको छ। समाचार एजेन्सी एएनआईका अनुसार यो घटना अमृतसरको मजिठामा भएको हो।

अमृतसरका एसएसपी मनिंदर सिंहले पत्रकारहरूलाई भने, 'हामीलाई हिजो राति ९:३० बजेतिर जानकारी प्राप्त भयो कि यहाँ नक्कली मदिरा सेवन गरेपछि मानिसहरू मर्न थालेका छन्। हामीले तुरुन्तै कारबाही गर्यौं र मुख्य आपूर्तिकर्ता परबजीत सिंहसहित ४ जनालाई पक्राउ गर्यौं।'

उनले १४ जनाको मृत्यु भएको पुष्टि भएको र ६ जना हाल अस्पतालमा भर्ना भएको बताए। उनका अनुसार यो घटना पाँच गाउँमा भएको हो।

एसएसपीका अनुसार यी पाँच गाउँ–भागाली, पातलपुरी, मरारी कलान, थेरेवल र तलवन्दी घुम्मान रहेका छन्।

एसएसपीका अनुसार पञ्जाब सरकारले नक्कली मदिरा आपूर्तिकर्ताहरूविरुद्ध कडा कारबाही गर्न निर्देशन जारी गरेको छ।

अमृतसरका उपायुक्त साक्षी एस. ले यी पाँच गाउँहरूमा लक्षणहरू पत्ता लगाउन चिकित्सा टोलीहरू घर-घरमा गएर काम गरिरहेको बताए।

उनले भने, 'हामी अब थप ज्यान नगुमाउन सुनिश्चित गर्न प्रयासरत छौं। सरकारले सबै सम्भव सहयोग प्रदान गरिरहेको छ।' एजेन्सी

प्रकाशित: ३० वैशाख २०८२ ११:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App