१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सिन्दूरको अपमानको जवाफ बन्दुकबाट दियाैं: मोदी

भारत र पाकिस्तानबीचको संघर्षविरामपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाम सम्बोधन गर्दै आतङ्कवादविरुद्ध भारतको नीति स्पष्ट पारेका छन्।

उनले भारतको सेनालाई आतङ्ककारीहरूको जरो उखेल्न पूर्ण स्वतन्त्रता दिएको उल्लेख गर्दै भने, ‘हामीले आतङ्ककारीलाई माटोमा मिलाउने निर्णय गरिसकेका छौँ।’

पहलगाममा निर्दोष नागरिकमाथि भएको आतङ्कवादी आक्रमणले देश र विश्वलाई झकझक्याएको स्मरण गर्दै उनले आतङ्कको यस्तो घिनलाग्दो रूपविरुद्ध कडा कारबाहीको चेतावनी दिएका थिए।

पाकिस्तानमा रहेका बहावलपुर र मुरीदकेजस्ता आतङ्कवादी केन्द्रहरूलाई ध्वस्त पार्न भारतले मिसाइल र ड्रोन आक्रमण गरेको उल्लेख गर्दै उनले करिब सय जना बढी खूंखार आतङ्कवादीलाई नष्ट गरिएको दाबी गरे।

ती केन्द्रहरूलाई उनले 'ग्लोबल टेररिज्मको विश्वविद्यालय' को संज्ञा दिँदै भारतले आफ्ना बहिनी-बुहारीको सिन्दूर उजाड्नेहरूमाथि कठोर प्रहार गरेको स्पष्ट पारे।

उनले अपरेशन सिन्दूरलाई भारतको आतङ्कविरुद्धको लडाइँमा नयाँ अध्यायको रूपमा चित्रण गर्दै भने, ‘आतङ्ककारी हमला भयो भने भारतले मुँहतोड जवाफ दिनेछ, कुनै पनि न्यूक्लियर ब्ल्याकमेल स्वीकार्ने छैन र आतङ्ककारी संरक्षक सरकार र आतङ्क नाइकेहरूलाई अलग-अलग हेरिनेछ छैन्।’

अपरेशन सिन्दूरले युद्धको मैदानमा भारतको प्रभुत्व देखाएको र न्यू एज वारफेयरमा ‘मेड इन इन्डिया’ हतियारहरूको समय आएको उनको दाबी थियो। भारत र भारतीय नागरिकलाई जोगाउन देशले सतत निर्णायक कदम चालिरहने प्रतिबद्धता पनि प्रधानमन्त्री मोदीले जनाए।

प्रकाशित: २९ वैशाख २०८२ २०:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App