१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारत-पाकिस्तानबिचको युद्धविरामबारे चर्चामा ट्रम्पको अर्को पोस्ट

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार साँझ सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत भारत र पाकिस्तानबिचको युद्धविरामबारे फेरि पोस्ट गरेका छन्। उनले भारत र पाकिस्तानलाई युद्धविरामका लागि बधाई दिए। 

ट्रम्पले लेखे, ‘म भारत र पाकिस्तानको बलियो नेतृत्वप्रति गर्व गर्छु किनभने उनीहरूसँग आक्रामकता रोक्ने समय आएको छ भन्ने जान्ने शक्ति, बुद्धि र धैर्यता छ। यो धेरै मानिसको मृत्यु र विनाशको कारण बन्न सक्थ्यो। लाखौं निर्दोष मानिस मारिन सक्थे!’

ट्रम्पले थपे, ‘तपाईंको साहसी कदमले तपाईंको विरासत बढाएको छ। मलाई गर्व छ कि अमेरिकाले तपाईंलाई यो ऐतिहासिक निर्णयमा पुग्न मद्दत गर्न सक्यो, जसले यी दुवै देशसँग व्यापार उल्लेखनीय रूपमा बढाउनेछ। साथै, हजार वर्षदेखिको कश्मीर समस्या समाधान खोज्न तपाईं दुवैसँग मिलेर काम गर्नेछु। भारत र पाकिस्तानको नेतृत्वलाई राम्रो कामका लागि भगवानले आशीर्वाद दिउन्!!!’ 

यसअघि ट्रम्पले भारत र पाकिस्तान युद्धविराममा सहमत भएको जानकारी सामाजिक सञ्जालमार्फत पहिलो पटक दिएका थिए। त्यसपछि सैन्य कारबाही रोक्ने सहमति भएको पुष्टि दुवै देशले गरेका थिए।  

प्रकाशित: २८ वैशाख २०८२ १०:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App