२९ जेष्ठ २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानले ३ घण्टामै तोड्यो युद्धविराम: जम्मुमा ड्रोन आक्रमण, ‘ब्ल्याकआउट’ लागू

भारत–पाकिस्तानबीच युद्धविराम लागू भएको तीन घण्टामै पाकिस्तानले पुनः उल्लंघन गर्दै जम्मु–कश्मीरका विभिन्न स्थानमा ड्रोन आक्रमण गरेको छ। श्रीनगरमा धमाकाको आवाज सुनिएपछि स्थानीयहरू त्रसित बनेका छन्।

शनिबार साँझ ५ बजेदेखि भारत–पाकिस्तानबीच युद्धविराम औपचारिक रूपमा लागू भएको थियो। तर, त्यसको तीन घण्टा नबित्दै राति ८ बजेबाट पाकिस्तानले जम्मु–कश्मीरको अखनूर, पुंछ, नौशेरा, श्रीनगर, आरएसपुरा, सांबा र उधमपुर क्षेत्रमा गोलीबारी थालेको भारतीय सुरक्षास्रोतहरूले जनाएका छन्।

राजौरी क्षेत्रमा तोप र मोर्टार प्रहार गरिएको पुष्टि भएको छ भने उधमपुरमा ड्रोन आक्रमणसमेत गरिएको छ। श्रीनगरसहित धेरै क्षेत्रमा सायरन बजाइएको छ र सुरक्षा संयन्त्र कडा पारिएको छ।

जम्मु–कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाले पाकिस्तानको व्यवहारप्रति आक्रोश व्यक्त गर्दै प्रश्न उठाए— ‘यो कस्तो युद्धविराम हो ? श्रीनगरमा धमाकाको आवाजहरू गुञ्जिरहेका छन्।’

प्रकाशित: २७ वैशाख २०८२ २१:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App