२३ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

रास्वपा महाधिवेशनले प्रतिनिधिसभा बैठक बारम्बार स्थगित, शुक्रबारमात्रै दुई पटक सूचना टाँस

प्रतिनिधि सभाको बैठक शुक्रबार पनि बस्न सकेन। योसँगै प्रतिनिधिसभा बैठक सूचना टाँसेरमात्रै तीन पटक स्थगित भइसकेको छ।  

असार ५ गते बसेर स्थगित भएको बैठक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनका कारण पटक-पटक सर्दै आएको छ। हिजो बिहीबारका लागि बस्ने भनिएको बैठक सूचना टाँसेर आज शुक्रबारका लागि बोलाइएको थियो । 

गत आइतबारदेखि मंगलबार (असार ७ देखि ९ गतेसम्म)का लागि रास्वपाको महाधिवेशन भएकाले सभामुख डोलप्रसाद अर्यालले बैठक बिहीबारसम्मका लागि स्थगित गरेका थिए। तर रास्वपाको महाधिवेशन नसकिएपछि शुक्रबार दिउँसो एक बजेसम्मका लागि बैठक स्थगित गरिएको थियो।  

शुक्रबार बस्ने भनिएको बैठक विशेष कारण देखाउँदै शनिबारका लागि सारियो। संघीय संसद् सचिवालयले शनिबारका लागि बैठक बोलाए पनि केहीबेर पछि नै अर्को सूचना निकालेर बैठक आइतबारसम्मका लागि स्थगित गर्यो ।  

नयाँ तालिकाअनुसार अब प्रतिनिधि सभाको बैठक आइतबार बिहान ११ बजे बस्नेछ।  

रास्वपाको महाधिवेशनमा पदाधिकारी चयनका लागि मतदान भइरहेकाले महाधिवेशन सकिने सम्भावनाका बीच आइतबारका लागि बैठक बोलाइएको संसद् सचिवालयका एक कर्मचारीले बताए।  

प्रकाशित: १२ असार २०८३ १६:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App