२१ असार २०८३ आइतबार
image/svg+xml
राजनीति

प्रतिनिधि सभामा चार प्रतिस्थापन विधेयक पेस

सरकारले यसअघि जारी गरेका चार वटा अध्यादेशलाई कानुनी प्रक्रिया अन्तर्गत अघि बढाउँदै तिनका प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस गरेको छ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा सरकारले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक २०८३, सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक २०८३, सहकारी (पहिलो संशोधन) विधेयक २०८३ तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्बन्धित केही नेपाल ऐन संशोधन विधेयक २०८३ संसदमा प्रस्तुत गरेको हो।

यी सबै विधेयक यसअघि सरकारले जारी गरेका अध्यादेशलाई निरन्तरता दिन र कानुनी मान्यता दिलाउन ल्याइएको बताइएको छ।

सरकारले विभिन्न क्षेत्रको व्यवस्थापन सुधार, आर्थिक पारदर्शिता कायम गर्ने तथा स्वास्थ्य र सहकारी क्षेत्रलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित यी विधेयक संसदमा दर्ता गरेको जनाएको छ।

प्रकाशित: १४ असार २०८३ १३:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App