२९ असार २०८३ सोमबार
image/svg+xml
समाज

लागूऔषध सहित ९ जिल्लाबाट २१ जना समातिए

अवैध लागूऔषध सहित प्रहरीले विभिन्न स्थानबाट २१ जनालाई नियन्त्रणमा लिएको छ।

काठमाडौं, महानगरपालिका-६ नयाँबस्ती पाटीटारबाट नियन्त्रित लागूऔषध डाईजेपाम २५ एम्पुल, नोर्फिन २५ एम्पुल र फेनारगन २५ एम्पुल सहित बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेल बस्ने दोलखा घर भएका ३३ वर्षीय तेजेन्द्र लामालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। प्रहरी बिट नयाँबस्तीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

यसैगरी काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङ बसपार्कबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ३६ ट्याब्लेट र अवैध लागूऔषध गाँजा ५० ग्राम सहित सर्लाही घर भएका २२ वर्षीय विपन साह तेली समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले बा.प्र-०२-०५९ प ९७८४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

चितवन, इच्छाकामना गाउँपालिका-५ मुग्लिङ बजारबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ७ किलोग्राम सहित नुवाकोट तारकेश्वर गाउँपालिका-७ बस्ने २४ वर्षीया सानुकान्छी विकलाई गए राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको प्रहरीले काठमाडौंबाट कपिलवस्तुतर्फ जाँदै गरेको लु.२ ख ६८२१ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी चितवन, इच्छाकामना गाउँपालिका-७ भालुमाराबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार ४ सय ट्याब्लेट र एनारगन ३ हजार ८ सय ९० ट्याब्लेट सहित कालिका नगरपालिका-७ बस्ने २९ वर्षीय विजय सुनार समेत ४ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी जुटपानीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

झापा, बिर्तामोड नगरपालिका-२ चैतुवारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-१ बस्ने २० वर्षीय सुजित खवास समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले बिहीबारेबाट बिर्तामोडतर्फ आउँदै गरेको मे.८ प ८६७३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी झापा, अर्जुनधारा नगरपालिका-८ सब्जिलाईनबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २३ ग्राम ५ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-८ बस्ने ४१ वर्षीय सरोज गहतराजलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा र प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले बिर्तामोडबाट शनिश्चरेतर्फ आउँदै गरेको बा.५७ प ७७३३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

सर्लाही, बागमती नगरपालिका-१ रायमाझी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित सोही नगरपालिका-१ बस्ने ३२ वर्षीय सरोज खड्कालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-३ खुनिया पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५० मिलिग्राम सहित बराहक्षेत्र नगरपालिका-७ चक्रघट्टी बस्ने २० वर्षीय समिर खड्कालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १-०२-०४१ प ९०४३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

मोरङ, सुन्दरहरैँचा नगरपालिका-१० बिराटचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३६ वर्षीय जिबन राईलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ९ ग्राम ५ मिलिग्राम सहित सप्तरी अग्नीसाईर कृष्णासवरन गाउँपालिका-७ सितापुर बस्ने २४ वर्षीय सुमित कुमार चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

रौतहट, बौधीमाई नगरपालिका-७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १० ग्राम र गाँजा जस्तो देखिने पदार्थ करिब १ किलो ६ सय ६० ग्राम सहित भारत मोतिहारी नररूलाह वटवलिया-११ बस्ने २५ वर्षीय राम प्रवेश महतोलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी बंकुलबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

नवलपरासी पूर्व, बिनयी त्रिवेणी गाउँपालिका-२ दाउन्ने बजारबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३९ एम्पुल, बुप्रेनोर्फिन ३९ एम्पुल, प्रोमेथाजाइन ३६ एम्पुल र स्पास्मो ८ सय ४१ ट्याब्लेट सहित नवलपरासी पश्चिम सरावल गाउँपालिका-५ दुवौलिया बडहरा बस्ने २२ वर्षीय शैलेश विन समेत ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

धादिङ, गजुरी गाउँपालिका-१ गजुरी बजारबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु ७ किलो ४ सय ग्राम सहित सोही गाउँपालिका-६ गिदे बस्ने २० वर्षीय प्रमोद अधिकारीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको ग.२ ख १९८५ नम्बरको हायसमा सवार उनलाई उक्त वस्तु सहित फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: २१ असार २०८३ २०:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App