२ जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

श्रीलंकामा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु, ६ घाइते

श्रीलंकाली वायुसेनाको हेलिकप्टर शुक्रबार उत्तरी मध्य प्रान्तको मादुरु ओया जलाशयमा दुर्घटनाग्रस्त हुँदा ६ सैन्य कर्मचारीको मृत्यु भएको प्रवक्ताले जानकारी दिएका छन्।

वायुसेनाका प्रवक्ता एरान्डा गीगानागेले हेलिकप्टरमा दुई पाइलटसहित १२ जना सवार रहेको र तीमध्ये ६ जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए। बाँकी ६ घाइतेको अस्पतालमा उपचार भइरहेको छ।

यसअघि, गीगानागेले हेलिकप्टरमा रहेका सबै १२ जना सुरक्षित रहेको र उपचारका लागि अस्पताल पठाइएको बताएका थिए।

श्रीलंकाली वायुसेनाको स्वागत समारोहमा आयोजित प्रदर्शनका क्रममा यो घटना भएको हो। सिन्ह्वा

प्रकाशित: २६ वैशाख २०८२ १४:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App