१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पको आप्रवासन नीतिमाथि ठूलो झट्का : १२ हजार शरणार्थी स्वीकार गर्न न्यायाधीशको आदेश

सोमबार एक न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई अमेरिकामा करिब १२ हजार शरणार्थी भित्र्याउन आदेश दिएका छन्। यो आदेशले सरकारको आप्रवासन नीति पुनर्संरचना गर्ने प्रयासमा ठूलो झट्का दिएको छ।

यो आदेशले अपिल अदालतको फैसलालाई स्पष्ट गरेको छ। उक्त फैसलाले ट्रम्प प्रशासनलाई शरणार्थी प्रवेश प्रणाली स्थगित गर्न अनुमति दिएको थियो, तर पहिल्यै शरणार्थीको दर्जा पाएका र अमेरिका यात्राको योजना बनाएका व्यक्तिहरूलाई स्वीकार गर्नुपर्ने उल्लेख गरेको थियो।

ट्रम्प प्रशासनले गत साता भएको सुनुवाइमा जनवरीमा प्रणाली स्थगित गर्ने कार्यकारी आदेशको दुई साताभित्र यात्रा तालिका बनाएका १६० शरणार्थीलाई मात्र प्रवेश गराउनुपर्ने दाबी गरेको थियो।

तर, अमेरिकी जिल्ला न्यायाधीश जमाल ह्वाइटहेडले सोमबार उक्त दाबीलाई खारेज गर्दै भने, ‘सरकारको व्याख्या, नम्रतापूर्वक भन्दा, उच्च स्तरको “व्याख्यात्मक जिगरपोकरी (बेइमान व्यवहार)” हो।’

‘यसले अपिल फैसलाको पंक्ति बीचमा पढ्नुपर्ने आवश्यकता मात्र होइन, त्यहाँ नभएको नयाँ पाठ देख्नुपर्ने अवस्था छ,’ ह्वाइटहेडले आफ्नो आदेशमा लेखेका छन्।

ह्वाइटहेडले सुरुमा ट्रम्पको शरणार्थी प्रवेश रोक्ने कार्यकारी आदेशलाई रोक लगाएका थिए। फेब्रुअरीमा उनले यो आदेशले सन् १९८० को शरणार्थी ऐन उल्लंघन गरेको ठहर गरेका थिए।

तर, उनको निर्णय एक महिनापछि नवौँ सर्किट अपिल अदालतले खारेज गरेको थियो।

‘यदि नवौँ सर्किटले दुई साताको सीमा लगाउने मनसाय राखेको भए, जसले संरक्षित जनसंख्यालाई १२ हजारबाट १६० मा झार्थ्यो, त्यसो स्पष्ट रूपमा भन्थ्यो,’ ह्वाइटहेडले लेखेका छन्, ‘यो अदालतले सरकारको परिणाममुखी पुनर्लेखनलाई मनोरञ्जन गर्दैन।’

यो मुद्दा यहुदी शरणार्थी गैर–नाफामूलक संस्था एचआइएएस, क्रिश्चियन समूह चर्च वल्र्ड सर्भिस, लुथरन कम्युनिटी सर्भिसेस नर्थवेस्ट र केही व्यक्तिले दायर गरेका थिए।

ती संस्थाहरूले फेब्रुअरीमा दायर नयाँ मुद्दा दायर गर्दै आफ्नो देशमा सबै सामान बेचेर यात्राको तयारी गरेका धेरै व्यक्ति ट्रम्पको आदेशले अचानक समस्यामा परेको बताएका थिए।

शरणार्थी पुनर्स्थापना अमेरिकी नागरिकताको केही कानुनी मार्गमध्ये एक हो र पूर्वराष्ट्रपति जो बाइडेनले यसलाई समर्थन गरेका थिए। बाइडेनले जलवायु परिवर्तनबाट प्रभावित व्यक्तिलाई समावेश गर्न कार्यक्रमको योग्यता विस्तार गरेका थिए।

ट्रम्पको ह्वाइट हाउस अभियानमा आप्रवासीप्रति कटुता देखिएको थियो। उनले निर्वासनको कडा कार्यक्रम अघि सारेका छन् र प्रचारित सैन्य उडानमार्फत व्यक्तिलाई हातकडी लगाएर ल्याटिन अमेरिकी देशमा फर्काइएको छ। एएफपी

प्रकाशित: २३ वैशाख २०८२ १३:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App