४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

छुरा प्रहार गरी सात विद्यार्थीको हत्या

तस्विर : एजेन्सी

बेइजिङ - चीनको सानसी प्रान्तकाे स्कुलमा  एकजना व्यक्तिले छुरा प्रहार गरी सात जना विद्यार्थीको हत्या गरेका छन्।आक्रमणमा अन्य १२ जना घाइते भएका छन्।

मारिनेमा पाँच जना छात्रा र दुई छात्र रहेको चिनियाँ सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। शुक्रबार साँझ गरिएको आक्रमणमा मृत्यु तथा घाइते भएका सबै १२ देखि १५ वर्ष उमेर समूहका  स्कूले विद्यार्थी रहेका छन्।

 आक्रमणमा संलग्न रहेको शंकामा प्रहरीले मिझी काउन्टी गाउँ निवासी २८ वर्षीय एक व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। झाओ सोही विद्यालयका पूर्वविद्यार्थी समेत रहेको बताइएको छ।

 

प्रकाशित: १५ वैशाख २०७५ ०६:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App