१० वैशाख २०८२ बुधबार
image/svg+xml १९:२५ अपराह्न
अन्तर्राष्ट्रिय

युक्रेनमाथि रुसको वर्षकै विनाशकारी हमला, ३४ को मृत्यु

उत्तरपूर्वी युक्रेनको सुमी शहरमा आइतबार रुसी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण हुँदा ३४ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेका दुई बालबालिका पनि छन्। 

सिएनएनका अनुसार यो वर्ष (सन् २०२५) को युक्रेन–रुस द्वन्द्वको सबैभन्दा घातक आक्रमणमा १० जना बालबालिकासहित ११७ जना घाइते भएका छन्। युक्रेनको राज्य आपतकालीन सेवाका अनुसार सहरको केन्द्रमा रहेको विश्वविद्यालय भवन र सडकमा विस्फोट हुँदा ठूलो क्षति भएको थियो। 

यो हमलाप्रति युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गहिरो दुख व्यक्त गर्दै रुसमाथि अन्तर्राष्ट्रिय दबाब बढाउन आह्वान गरेका छन्। उनले भने, ‘रुस आतंक मच्चाउन चाहन्छ, यो युद्ध लम्ब्याउन चाहन्छ। आक्रमणकारीलाई आतंककारीकै रूपमा व्यवहार गर्नुपर्छ।’

घटनास्थलमा उद्धारकर्मीहरूले भग्नावशेष हटाइरहेका छन्। सुमी पछिल्ला केही सातादेखि लगातार रुसी आक्रमणको निशानामा छ। रुसले हालै सुमी क्षेत्रको एक गाउँ कब्जा गरेको दाबी गरेको थियो। यो हमलाबारे आधिकारिक प्रतिक्रिया दिएको छैन। अन्तर्राष्ट्रिय समुदायले आक्रमणको कडा निन्दा गरेको छ। 

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले रुसले अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गरेको आरोप लगाएका छन्। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पीडितप्रति समवेदना व्यक्त गर्दै हमलालाई ‘भयानक’ भनेका छन्। यसअघि अप्रिलमा क्रिभी रिहमा भएको आक्रमणमा १८ जनाको मृत्यु भएको थियो। तीन वर्षदेखि चलिरहेको युद्ध रोक्न अमेरिकी नेतृत्वमा कूटनीतिक प्रयास जारी रहेको भए पनि सफलता मिलेको छैन। एजेन्सी 

प्रकाशित: १ वैशाख २०८२ १०:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App