११ माघ २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतीय सेयर बजारमा ठूलो गिरावट : ट्रम्पको भन्सार शुल्कले निम्त्याएको संकट

भारतको मुख्य सेयर सूचकांक सोमबार खुलेको कारोबारमा ३ प्रतिशतभन्दा बढीले घटेको छ। बेन्चमार्क निफ्टी सूचकांक ३ प्रतिशतभन्दा तल झरेपछि सेयर मूल्यमा गिरावट आएको हो।  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता भारतबाट हुने आयातमा २६ प्रतिशत कर लगाएपछि नयाँदिल्लीले भन्सार शुल्क वृद्धिको ‘प्रभाव’ र ‘अवसर’ दुवै जाँचिरहेको बताएको छ।  

नेसनल स्टक एक्सचेन्जको निफ्टी ५०, जसले सबैभन्दा ठूला भारतीय कम्पनीहरूको प्रतिनिधित्व गर्छ, ३.५५ प्रतिशतले घटेको छ। 

भारतको शक्तिशाली सूचना प्रविधि कम्पनीहरू समावेश निफ्टी आइटी ५.५३ प्रतिशतले ओरालो लागेको छ। निफ्टी आइटीको सबैभन्दा ठूलो बजार संयुक्त राज्य अमेरिका नै हो।  

द टाइम्स अफ इन्डियाले सेयर बजारको यो गिरावटलाई ‘रक्तपात’ भनेको छ।  

भन्सार शुल्क घोषणापछि भारतको वाणिज्य विभागले एउटा विज्ञप्तिमा भनेको छ, ‘विभिन्न उपायका प्रभाव सावधानीपूर्वक जाँचिरहेका छौं र यो नयाँ घटनाले ल्याउन सक्ने अवसरहरू पनि अध्ययन गरिरहेका छौं।’  

भारतको औषधि क्षेत्र भने अमेरिकाको पारस्परिक भन्सार शुल्क कदमबाट जोगिएको छ, किनभने औषधिलाई यो शुल्कबाट छुट दिइएको छ। सन् २०२४ को आर्थिक वर्षमा भारतको औषधि क्षेत्रले संयुक्त राज्य अमेरिकामा ८ अर्ब डलरभन्दा बढीका उत्पादन निर्यात गरेको थियो।  

भन्सार शुल्क घोषणा गर्दा ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘महान मित्र’ भनेका छन्, तर उनले ‘हामीलाई सही व्यवहार गरेनन्’ भनेर पनि बताएका छन्। एएफपी

प्रकाशित: २५ चैत्र २०८१ १२:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App