१८ चैत्र २०८१ सोमबार
image/svg+xml ९:३३ पूर्वाह्न
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा ४० प्राचीन स्मारकहरू पुनर्स्थापित

अफगानिस्तानमा विगत तीन वर्षमा विनाशको जोखिममा रहेका चालीस ऐतिहासिक स्मारकहरू र सुविधाहरू पुनर्स्थापित गरिएको छ।

अफगानिस्तानको अन्तरिम सरकारको सूचना तथा संस्कृति मन्त्रालयका अनुसार यी ऐतिहासिक स्मारकहरू सात प्रान्तहरूमा पुनर्स्थापित गरिएको हो।

मन्त्रालयले प्राचीन कलाकृतिहरू र ऐतिहासिक स्थलहरूको सुरक्षाका लागि विशेष प्रहरी सुरक्षा एकाइ गठन गरिएको पनि जानकारी दिएको छ।

मन्त्रालयको प्रतिवेदनअनुसार २०२४ मा लगभग ८ हजार २ सय विदेशीहरूले देशका ऐतिहासिक स्मारकहरूको भ्रमण गरेका थिए। सिन्ह्वा

प्रकाशित: १४ चैत्र २०८१ १४:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App