भारतमा सांसदको तलब बढाइएको छ। भारत सरकारले सांसदहरूको तलब २४ प्रतिशतले बढाएको छ। अब हरेक सांसदले मासिक १ लाख २४ हजार भारतीय रुपैयाँ (१ लाख ९८ हजार नेपाली रुपैयाँ) पाउनेछन्।
यसअघि उनीहरूले मासिक १ लाख भारतीय रुपैयाँ (१ लाख ६० हजार नेपाली रुपैयाँ) पाउँथे। दैनिक भत्ता पनि २ हजार भारतीय रुपैयाँ (३ हजार २०० नेपाली रुपैयाँ) बाट बढेर २ हजार ५०० भारतीय रुपैयाँ (४ हजार नेपाली रुपैयाँ) पुगेको छ।
त्यस्तै, पूर्व सांसदहरूको पेन्सन २५ हजार भारतीय रुपैयाँ (४० हजार नेपाली रुपैयाँ) बाट बढाएर ३१ हजार भारतीय रुपैयाँ (४९ हजार ६०० नेपाली रुपैयाँ) प्रति महिना पुर्याइएको छ।
सन् २०१८ मा सांसदहरूको तलब ५० हजार भारतीय रुपैयाँ (८० हजार नेपाली रुपैयाँ) बाट बढाएर १ लाख भारतीय रुपैयाँ (१ लाख ६० हजार नेपाली रुपैयाँ) पुर्याइएको थियो।
त्यतिबेला तत्कालीन अर्थमन्त्री अरुण जेटलीले प्रत्येक ५ वर्षमा तलब र भत्ता स्वतः संशोधन गर्ने व्यवस्था पनि ल्याएका थिए। यसले सांसदहरूको तलब निर्धारण गर्न सिफारिस गर्ने पुरानो चलन समाप्त गरेको थियो।
प्रकाशित: १२ चैत्र २०८१ ०९:११ मंगलबार