१६ माघ २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रुस र युक्रेनबीच ३७२ युद्धबन्दी आदानप्रदान

रुस र युक्रेनले सोमबार सयौं युद्धबन्दी आदानप्रदान गरेका छन्। संयुक्त अरब इमिरेट्स (यूएई) को मध्यस्थतामा भएको कैदी आदानप्रदानमा रुस र युक्रेनले ३७२ सैनिक आदानप्रदान गरेको मस्को र कीभले बुधबार बताएका छन्।

सन् २०२२ को सुरुमा युक्रेनमा रुसी आक्रमण सुरु गरेदेखि कैदी र मारिएका सैनिकहरूको अवशेषको आदानप्रदान युद्धरत देशहरू बीचको सहयोगको एक मात्र क्षेत्र भएको क्रेमलिनले जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीचको वार्तापछि क्रेमलिनले मङ्गलबार उक्त आदानप्रदानको घोषणा गरेको हो।

युक्रेनी राष्ट्रपति भोलोलिमिर जेलेन्स्कीले उक्त आदानप्रदानलाई युद्धको सबैभन्दा ठूलो घटनाको रूपमा वर्णन गर्दै रिहा गरिएका केही युक्रेनीहरूलाई ‘काल्पनिक अपराधका लागि रुसले सताएको’ बताए।

जेलेन्स्कीले बुधबार फर्केका केही युक्रेनीहरूले दक्षिणी सहर मारिउपोलमा लडाइँ गरेको बताए, जसलाई रुसी सेनाले आक्रमणको प्रारम्भिक महिनाहरूमा क्रूर घेराबन्दीमा राखेको थियो।

युद्धविराम वार्ताको एक भागको रूपमा रुससँग सबैका लागि आदानप्रदानको लागि आह्वान गर्ने युक्रेनी नेताले युएईलाई मध्यस्थताको लागि धन्यवाद दिए र सबै कैदीहरूलाई फिर्ता गर्ने वाचा गरे।

'सबै रुसी सैनिकहरू बेलारुसमा छन्, जहाँ उनीहरूलाई आवश्यक मनोवैज्ञानिक र चिकित्सा सहायता प्रदान गरिँदै छ र उनीहरूका आफन्तहरूलाई सम्पर्क गर्ने अवसर दिइँदैछ,' रुसी रक्षा मन्त्रालयले जनाएको छ।

फेब्रुअरी सन् २०२२ मा मस्कोले युक्रेन आक्रमण सुरु गरेदेखि दुवै पक्षले सयौं कैदीहरू आदानप्रदान गरिसकेका छन्। एजेन्सी

प्रकाशित: ७ चैत्र २०८१ ०७:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App