चीनले बुधबार साङ्घाईमा उच्च क्षमताको मिथानोल–डिजेल डुअल फ्युल जहाज इन्जिन सार्वजनिक गरेको छ।
यो इन्जिनको पावर आउटपुट ६४ हजार ५०० किलोवाट छ र यसलाई चाइना स्टेट शिपबिल्डिङ कर्पोरेशन लिमिटेड (सीएसएससी) को सहायक कम्पनीहरूले निर्माण गरेका हुन्।
सीएसएससीका अनुसार यो इन्जिनले मिथानोल ईन्धनबाट ९५ प्रतिशत शक्ति उत्पादन गर्छ, जसले परम्परागत डिजेल–सञ्चालित इन्जिनको तुलनामा कार्बन डाइअक्साइड उत्सर्जन ७.५ प्रतिशतले घटाउँछ।
इन्जिनमा उन्नत डिजिटल इन्टेलिजेन्ट कन्ट्रोल सिस्टम र कुशल डुअल फ्युल इन्जेक्सन प्रविधि जडान गरिएको छ। यसले उत्कृष्ट ऊर्जा बचत, उत्सर्जन न्यूनीकरण, उच्च सञ्चालन दक्षता र कम मर्मत खर्च प्रदान गर्छ।
यो इन्जिनले ५जी सञ्चार प्रविधिको प्रयोग गर्छ, जसले वास्तविक समयमा डाटा प्रसारणमा सहयोग पुर्याउँछ। सिन्ह्वा
प्रकाशित: १६ फाल्गुन २०८१ ०८:२३ शुक्रबार





