१२ माघ २०८२ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

६०० प्यालेस्टिनी रिहा भएपछि हमासले चार शव फिर्ता गर्‍यो

इजरायल र हमासबीच भएको सम्झौताको पहिलो चरणअन्तर्गत बन्धक र कैदीहरूको आदानप्रदान भएको छ। इजरायलले ६०० भन्दा बढी प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्न सुरु गरेको छ भने हमासले चार जना बन्धकको शव फिर्ता गरेको छ। 

हमासले ८६ वर्षीय सलोमो मन्सुर, ५० वर्षीय ओहाद याहालोमी, ५० वर्षीय सच्ची इदान र ६९ वर्षीय इत्जिक अल्ग रातको शव फिर्ता गरेको भनेको छ। यी व्यक्तिहरूलाई ७ अक्टोबर २०२३ मा हमासको आक्रमणका क्रममा बन्धक बनाइएको थियो। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले शव फिर्ता भएको पुष्टि गरेका छन्।

इजरायलले बदलामा प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्न थालेको छ। वेस्ट बैंकबाट रिहा हुने कैदीहरूको स्वागतमा ठूलो भीड जम्मा भएको छ। रिहाइपछि उनीहरूलाई रामल्लाहको सांस्कृतिक दरबारमा लगियो, जहाँ मानिसहरूले काँधमा बोकेर स्वागत गरेका छन्। 

प्रकाशित: १५ फाल्गुन २०८१ ०९:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App