३ चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

नेपालगञ्जमा बालेनको स्वागत गर्न पुगेका समर्थक गाडीबाट खसे, ६ जना समान्य घाइते

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा आगामी निर्वाचनका लागि प्रधानमन्त्रीका उम्मेदवार बालेन शाहको स्वागतका लागि बाँकेको नेपालगञ्जस्थित राँझा विमानस्थल पुगेका समर्थकहरू गाडीबाट खसेका छन्।

सोमबार नेता शाहलाई स्वागत गर्न पुगेका समर्थकहरू चढेको गाडी गुडिरहेको अवस्थामा पछाडिको ढालाबाट खस्दा दुर्घटना भएको हो।

दुर्घटनामा परी करिब आधा दर्जन युवा घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार गाडीको पछाडि क्षमताभन्दा बढी युवाहरू कोचाकोच गरेर बसेका थिए। एकले अर्कालाई समातेर बसेको अवस्थामा गाडी अगाडि बढ्ने क्रममा सन्तुलन गुम्दा उनीहरू हुत्तिएर सडकमा बजारिन पुगेका हुन्।

घटना विमानस्थल परिसरकै सडकमा भएको र गाडीको गति कम भएकाले ठूलो मानवीय भने भएन।

घाइतेमध्ये स्थानीय वीरसिंह ऐरीको टाउकोमा चोट लागेको छ। उनको अहिले नेपालगञ्जस्थित सिटी केयर अस्पतालमा उपचार भइरहेको छ। अन्य घाइतेहरूको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसार अभियानलाई तीव्रता दिँदै नेता शाह सोमबार पश्चिम नेपालको दौडाहामा निस्किएका हुन्।

झापा क्षेत्र नम्बर-५ बाट उम्मेदवारी दिएका शाह यसअघि पूर्वी पहाडी जिल्लाहरूको चुनावी कार्यक्रम सकेर काठमाडौं फर्किएका थिए।

आज नेपालगञ्ज ओर्लिएका उनी त्यहाँबाट बर्दिया हुँदै सुदूरपश्चिमतर्फ जाने कार्यक्रम रहेको रास्वपाले जनाएको छ।

प्रकाशित: १२ माघ २०८२ १७:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App