११ वैशाख २०८२ बिहीबार
image/svg+xml ८:२७ पूर्वाह्न
अन्तर्राष्ट्रिय

ट्रम्पको 'गोल्ड कार्ड' भिसा योजना : ५० लाख डलरमा अमेरिकी नागरिकता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगानीकर्ताहरूलाई आकर्षित गर्न योजना ल्याएका छन्। यस योजना अन्तर्गत मानिसहरूलाई ५० लाख डलरमा गोल्ड कार्ड भिसा प्रदान गरिने छ। यी गोल्ड कार्डहरूले अमेरिकाको ३५ वर्ष पुरानो लगानीकर्ता भिसालाई प्रतिस्थापन गर्नेछन्।

ओभल अफिसमा यो घोषणा गर्दै ट्रम्पले भने, 'यसरी नागरिकता पाउने मानिसहरू धनी र सफल हुने छन्। तिनीहरूले यहाँ धेरै पैसा खर्च गर्ने छन् र कर तिर्ने छन्। साथै, तिनीहरूले मानिसहरूलाई रोजगारी पनि प्रदान गर्ने छन्। हामीलाई लाग्छ यो योजना अत्यन्तै सफल हुनेछ।'

अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकले दुई हप्तामा 'गोल्ड कार्ड' ले परम्परागत ईबी-५ भिसालाई प्रतिस्थापन गर्ने बताए।

ईबी-५ भिसालाई गोल्ड कार्डले प्रतिस्थापन गर्ने

ईबी-५ भिसा विदेशी लगानी आकर्षित गर्न पेस गरिएको थियो र १९९० मा कांग्रेसले अनुमोदन गरेको थियो। ईबी-५ भिसा अमेरिकी कम्पनीमा लगभग  १ मिलियन डलर लगानी गर्ने र कम्तीमा १० जनालाई रोजगार दिनेहरूका लागि हो।

लुटनिकले भने, 'गोल्ड कार्ड - जुन अनिवार्य रूपमा ग्रिन कार्ड, वा स्थायी कानुनी बसोबास प्रमाणपत्र हुनेछ - ग्रिन कार्ड हुनेछ।'

गोल्ड कार्डको विशेषता यो हुनेछ कि यसमा ठगी गर्न सम्भव हुने छैन। ट्रम्प सरकारले एक करोड गोल्ड कार्ड बेच्ने योजना बनाएको छ। ट्रम्पले यसलाई अमेरिकी नागरिकता प्राप्त गर्ने नयाँ मार्गको रूपमा प्रस्तुत गरेका छन्। उनले ‘ट्रम्प गोल्ड कार्ड’ लाई हालको ईबी-५ भिसा कार्यक्रमको विकल्प भनेको एपीले समाचारमा उल्लेख गरेको छ।

ट्रम्पले भविष्यमा १० लाख गोल्ड कार्ड बिक्री गर्ने लक्ष्य राखिएको उल्लेख गरेका छन् । यस पहलबाट राष्ट्रिय ऋण छिट्टै तिर्न सकिने उनले दाबी गरेका छन् ।अमेरिकी कंग्रेसले देशमा नागरिकताको लागि योग्यता तोक्छ, तर ट्रम्पले गोल्ड कार्डलाई कंग्रेसको स्वीकृति आवश्यक नपर्ने बताए।

प्रकाशित: १४ फाल्गुन २०८१ १०:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App