१४ माघ २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पपछि नेतान्याहूको चेतावनी : हमासले शनिबारसम्ममा बन्धकहरूलाई रिहा नगरे युद्ध सुरु हुन्छ

सैनिकहरूलाई तयार रहन आदेश

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बुधबार हमासले शनिबार दिउँसोसम्म आफ्ना बन्धकहरूलाई रिहा नगरे युद्धविराम समाप्त हुने चेतावनी दिएका छन्। टाइम्स अफ इजरायलका अनुसार नेतान्याहूले आफ्नो सुरक्षा मन्त्रिपरिषद्सँगको ४ घण्टाको बैठकपछि यो बयान दिएका हुन्।

यद्यपि, नेतान्याहूले सबै बन्धकहरूको रिहाइको बारेमा कुरा गरेका छन् वा शनिबार रिहा हुने तीन बन्धकहरूको मात्र बारेमा कुरा गरेका छन् भन्ने कुरा अझै स्पष्ट छैन।

इजरायलका रक्षामन्त्रीले सेनालाई सतर्क रहन र 'गाजामा हुने कुनै पनि परिस्थिति' को सामना गर्न तयार रहन आदेश समेत दिए। इजरायली सेनाले गाजा डिभिजनका सैनिकहरूको सबै बिदा रद्द गरेको छ, जसले इजरायलले फेरि युद्ध सुरु गर्ने तयारी गरिरहेको संकेत गर्दछ।

यसअघि हमासले इजरायली सेनाले गाजामा सहायता अवरुद्ध गरेर युद्धबिराम उल्लंघन गरेको आरोप लगाएको थियो। यस्तो अवस्थामा उनीहरूले अर्को आदेश नभएसम्म बन्धकहरूको रिहाइ रोक्ने छन्।

ट्रम्पको धम्की: हमासले शनिबारसम्म सबै बन्धकहरूलाई रिहा गर्नुपर्छ

ट्रम्पले मंगलबार हमासलाई धम्की दिँदै भनेका थिए, यदि इजरायलबाट अपहरण गरिएका सबै बन्धकहरूलाई शनिबारसम्ममा रिहा गरिएन भने गाजामा सबै कुरा ध्वस्त पारिने छ। यदि शनिबार दिउँसो १२ बजेसम्म सबै बन्धकहरूलाई फिर्ता गरिएन भने मलाई लाग्छ युद्धबिराम सम्झौता रद्द गर्नुपर्छ।

यसअघि उनले गाजा कब्जा गर्ने र त्यहाँ सिटी रिसोर्ट बनाउने कुरा गरेका थिए। त्यतिबेला उनले प्यालेस्टिनी जनतालाई गाजाबाट विस्थापित गरेर जोर्डन र इजिप्टमा बसोबास गराउनुपर्ने बताएका थिए।

हमासले भन्यो: धम्कीको कुनै अर्थ छैन

ट्रम्पको धम्कीको जवाफ हमासले पनि दिएको छ। हमासले सबै बन्धकहरूलाई एकैचोटि रिहा गरियो भने यो युद्धalराम सम्झौताको विरुद्ध हुनेछ। हमासका एक वरिष्ठ नेता अबु जुहरीले मंगलबार ट्रम्पले सम्झौताको सम्मान गर्नुपर्ने बताए।

जुहरीले बन्धकहरूलाई फिर्ता ल्याउने यो एक मात्र तरिका भएको बताए। उनले भने, 'धम्कीको कुनै अर्थ छैन। यसले यो विषयलाई अझ जटिल बनाउँछ।' एजेन्सी

प्रकाशित: १ फाल्गुन २०८१ ०९:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App