२४ पुस २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पलाई फ्रान्सेली राष्ट्रपतिले भने : तपाईंको समस्या चीन हो, युरोप होइन

डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति भएसँगै विश्व राजनीतिमा ठूलो उथलपुथल आएको छ। उनको बहुआयामिक व्यवहारले छिमेकी र दुश्मन देशहरूसँगको सम्बन्धमा परिवर्तन ल्याएको छ, जस्तै क्यानडासँगको सम्बन्ध चिसिएको छ। ट्रम्पले धेरै देशमाथि कर लगाउने घोषणा गरेका छन्।

युरोप, जुन लामो समयदेखि अमेरिकाको साझेदार रहेको छ, र रुसलाई काउन्टर गर्न पनि अमेरिका युरोपलाई आफ्नो पक्षमा राख्न चाहन्छ। तर, अहिले ट्रम्प रुससँग नजिक भएको चर्चा छ, र उनले युरोपमाथि पनि कर लगाउने धम्की दिएका छन्।

यसै सन्दर्भमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले चिन्ता व्यक्त गरेका छन्। सिएनएनसँगको कुराकानीमा उनले भने, ‘हेर्नुहोस्, मलाई लाग्छ कि हामीसँग भएका सबै चुनौतीहरूलाई ध्यानमा राख्दै वर्तमान वातावरणमा यो शीर्ष प्राथमिकता होइन।’ उनले युक्रेन र मध्य पूर्वमा युद्ध, र अमेरिका र चीनको प्रतिस्पर्धा जस्ता चुनौतीबारे चर्चा गरेका छन्।

‘अमेरिकालाई मेरो पहिलो प्रश्नः के युरोपेली संघ (इयू) तपाईंको पहिलो समस्या हो? होइन, मलाई त्यस्तो लाग्दैन। तपाईंको पहिलो समस्या चीन हो। युरोप तपाईंको लागि एक सहयोगी हो। यदि तपाईं युरोपलाई थप लगानी र सुरक्षा र रक्षामा संलग्न गराउन चाहनुहुन्छ भने तपाईंले युरोपेली अर्थतन्त्रलाई शुल्कको धम्की दिएर हानि पुर्‍याउनु हुँदैन,’ म्याक्रोनले भने। 

प्रकाशित: २८ माघ २०८१ ०८:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App