१२ माघ २०८२ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कार्यान्वयन नहुँदै पछि हटे ट्रम्प, क्यानडा र मेक्सिको माथिको कर रोकियो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोबाट हुने आयातमा लगाउने कर कम्तिमा ३० दिनका लागि रोक्ने घोषणा गरेका छन्। उनले आफ्नो ट्रुथ सोसल पोस्टमा यो रोक क्यानडासँग अन्तिम आर्थिक सम्झौता गर्न सकिन्छ कि सकिँदैन भनेर हेर्नको लागि भएको बताएका छन्। 

यो घोषणा क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसँगको टेलिफोन वार्तापछि गरिएको हो। ट्रुडोले एक्समा पोस्ट गरेर कर स्थगनको बदलामा, क्यानडाले सीमा सुरक्षामा ठूलो लगानी गर्ने र क्यानडा-अमेरिका मिलेर संगठित अपराधसँग लड्ने बताएका थिए। ट्रम्पले आफू क्यानडाको प्रारम्भिक नतिजाबाट धेरै खुसी भएको बताएका छन्। उनले आफ्नो पोस्टमा लेखे, ‘क्यानडाले हाम्रो उत्तरी सिमाना सुरक्षित राख्न र फेन्टानिलजस्ता घातक लागूऔषधको महामारी अन्त्य गर्न सहमत भएको छ।’

यो पनि पढ्नुहोस्

अमेरिकी शुल्कपछि भड्कियो चीन, विश्व हितमा नभएको भन्दै बदलाको धम्की

यसैबीच, राष्ट्रपति ट्रम्पले मेक्सिकन सामानमा लगाउने कर रोक्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। यो निर्णय अवैध आप्रवासन र लागूपदार्थ नियन्त्रणमा मेक्सिकोको प्रयासलाई मान्यता दिएर गरिएको हो। मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबाउमले ट्रम्पसँग कुरा गरेपछि अमेरिकाले एक महिनाका लागि कर रोक्न सहमति जनाएको बताएकी थिइन्। 

यो पनि पढ्नुहोस्

अमेरिकाले आयात शुल्क लगाएपछि क्यानडाको जवाफ : हामी पनि २५ प्रतिशत लगाउँछौँ

यो रोकले अमेरिकी अधिकारीहरूलाई अमेरिका-मेक्सिको सीमा समस्या समाधान गर्न मेक्सिकोका कदमहरू मूल्याङ्कन गर्न समय दिन्छ। यदि स्थिति बिग्रियो भने, राष्ट्रपतिले कर पुनः लागू गर्न सक्छन्। ट्रम्पले हस्ताक्षर गरेको आदेशमा यी दुई देशमाथि लगाएको कर मंगलबारदेखि कार्यान्वयनमा आउने भनिएको थियो। 

प्रकाशित: २२ माघ २०८१ ०७:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App